पुरानो घ्याप्चेको पहिरोको उच्च जोखिममा गैराथोक गाउँ

रातभर सुत्दैनन स्थानिय

पुरानो घ्याप्चेको पहिरोको उच्च जोखिममा गैराथोक गाउँ

रातभर सुत्दैनन स्थानिय

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ४ गैराथोकगाउँपहिरोको उच्चजोखिममा परेको छ।लगभग १ हेक्टर क्षेत्रफलमा फैलिएको वर्षौँेदेखिकोे घ्याप्चेको पहिरो नाम दिइएको उक्त पहिरेो खस्ने क्रम नरोकिए पछि गाउँमारहेका२ सय परिवार विस्थापित हुने अवस्थामा पुगेका छन । वर्षौँेदेखिकोे घ्याप्चेको पहिरोजाने क्रम नरोकिएपछि गैराथोकका धेरै नागरीकहरुले गाउँ नै छाडेर हिँडेका छन ।

जुनसुकै समयमापनिपहिरो झरीरहने गैराथोकगाउँको धैरै खेत, बारी र जंगलपहिरोले कटान गरिसकेको छ । हिँउद र बर्खा दुवै याममागईरहने पहिरोले स्थानियनागरीकहरु त्रसितबनेका छन । पहिरो झरीरहेको बेला सुनिने गडाङ गुडुङ आवाजले गैराथोककानागरीकहरुको सातो लिने गरेको छ । धेरै पानी परेको बेलाआकाशमा हेरेर भगवानको नामजप्नु शिवाय अरु आफुहरुले केहि गर्न नसकेको गैराथोकका स्थानिय राजेश थापा मगरले गुनासो गर्नुभयो । हुनेखानेहरु गाउँ छाडेर गएगरिब र हुँदाखानेहरु यहिगाउँमा छन उनिहरु पनिकुनबेलापहिरोमा परेर मर्ने हुनउहाँले दुखिहुँदै भन्नुभयो । ठुलो पानीपर्दा र पहिरो झर्दा गैराथोककानागरीकहरुको रुवावासि हुने गरेको छ ।

गाउँमापनि वृद्धवृद्धा , महिला र केटाकेटिहरु मात्र छन । हुर्केबढेका र केहि गर्न सक्ने सबै सहर पसेका छन । पहिरो नियन्त्रण गर्न स्थानियतहले केहि गरेन भन्ने प्रश्नमामन्थलीनगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षविरेन्द्र कुमार बज्रचार्य भन्नुहुन्छ घ्याप्चेको पहिरो नियन्त्रण गर्न धेरै कामहरु पनि भए ,पहिरोको फेदमा ढुंगा भरेर जाली राखियो तर सबै पहिरोले बगाएर लगिदियो ।

जवानीदेखिको ठुलो पहिरो नियन्त्रण गर्न धेरै बजेट खर्च हुने र त्यो काम स्थानियतहले गर्न नसक्ने अवस्थाआएको उहाँले बताउनुभयो । पहिरो नियन्त्रण गर्न प्रदेश सरकार लगायतविभिन्न संघसंस्थालाई प्रतिवेदन पेश गरिएको भएपनि यस विषयमा कसैले ध्याननदिएको उहाँले गुनासो गर्नुभयो । पहिरोले वर्षै पच्छिे खेत , बारी र मानिसहरुको घर गोठ बगाउने गरेपनिपहिरो नियन्त्रण गर्न नसक्दाआफुहरुलाई सारै दु्ख लागेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार