पर्सीसम्म मौसम सामान्य, मंगलबारदेखि फेरि ठूलो वर्षाको सम्भावना

पर्सीसम्म मौसम सामान्य, मंगलबारदेखि फेरि ठूलो वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा हटेकाले पर्सीसम्म धेरै ठूलो वर्षा नहुने मौसमविद्ले अनुमान गरेका छन् । तर मंगलबारदेखि अघिल्लो हप्ताजस्तै देशभर ठूलो वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार अहिले नेपालको दक्षिणी क्षेत्रमा मनसुनको न्यून चापीय क्षेत्र विकास भएको छ । यही क्षेत्रबाट रेखा बन्ने हो । जुन पूर्वदेखि पश्चिमसम्म फैलिएर रहन्छ । अहिले त्यस्तो रेखा हटेकाले आगामी तीन दिनसम्म खासै ठूलो वर्षा हुने सम्भावना देखिएको छैन । तर पर्सी बेलुका फेरि न्यून चापीय रेखा बन्ने सम्भावना छ त्यसैका कारण मंगलबार र बुधबार अघिल्लो हप्ताजस्तै देशभर भारी वर्षाको अनुमान गरिएको छ । बाग्मती, गण्डकी, ५ नम्बर र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार