डिभिजन बन कार्यालय रामेछापले जिल्ला अस्पताल रामेछापको मूल ढोका नजिक करिब २५ लाख रुपैयाँको लगानीमा निर्माण गरेको पार्क निर्माण सम्पन्न भएको ३४ महिनापछि उद्धघाटन भएको छ ।
सो पार्कको शुक्रबार(आज) श्री नं ९ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी युवराज कार्की र रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले संयुक्त रुपमा उद्धघाटन गर्नुभयो । स्थानीय उपभोक्ता समितिले २०८० साल असार १३ गते नै काम सम्पन्न गरेको भएपनि पार्क विविध कारणले उद्धघाटन हुन सकेको थिएन ।
२०६६ वैशाख १० गते जिल्ला अस्पताल नजिकैको वादी पाखा सामुदायिक बनको जङ्गलमा लागेको आगो निभाउने क्रममा तत्कालीन १३ जना सैनिक जवानहरूले डढेलोमा परेर ज्यान गुमाएका थिए । उनिहरुको सम्झनामा सो पार्क निर्माण गरिएको हो ।
२०६६ वैशाख १० गते कर्तव्य पालनाको शिलशिलामा बन डढेलो नियन्त्रण गर्ने क्रममा वीरगति प्राप्त गरेका श्रीजंङ्ग गण तथा रुद्रध्वज गणका वीर सैनिकहरुको उच्च सम्मान गर्दै डिभिजन वन कार्यलय रामेछाप,रामेछाप नगरपालिका,स्थानिय बासिन्दाको सक्रियता तथा खड्गदल गणको संयुक्त प्रयासबाट पार्क निर्माण भएको हो ।
करिव १६ बर्ष अगाडि हालको रामेछाप नगरपालिका वडा नं ८ स्थित बादीपाखा सामुदायिक वनमा लागेको डढेलोबाट जिल्ला अस्पताल रामेछापमा हुन सक्ने करोडौको धनजनको क्षती तथा स्थानिय बस्तीमा समेत हुन सक्ने क्षती रोक्नका लागी तत्कालिन समयमा रामेछाप जिल्लामा तैनाथ रहेको श्रीजंग गणका १३ जना सैनिक व्यक्तिहरुले सो क्षेत्रमा आगलागी नियन्त्रणको क्रममा विरगति प्राप्त गरेका थिए ।
पार्क उद्धघाटन कार्यक्रममा रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपाने, नेपाली सेनाका नं. ९ बाहिनीपति सहायक रथी युवराज कार्की,प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल ,खड्गदल गणका गणपति प्रमुख सेनानी प्रमोद पौड्याल लगाएत जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा अन्य सरकारी कार्यालयका प्रमुख,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
उद्धघाटन कार्यक्रमको पुरा भिडियो :


			
                                    
                                    
                                    
                                    
                                    
                                    