रामेछाप नगरपालिका-५ को ठिङग्रे,चुकिया र स्वाङग्रामा भिषण आगलागीःपाँच घर गोठ जल्यो

रामेछाप नगरपालिका-५ को ठिङग्रे,चुकिया र स्वाङग्रामा भिषण आगलागीःपाँच घर गोठ जल्यो

रामेछापको रामेछाप नगरपालिका वडा नं -५ को ठिङग्रे,चुकिया र स्वाङग्रा गाउँमा आगलागी हुँदा ५ वटा घर गोठ जलेर नष्ट भएको छ । मंगलबार(आज) दिउँसो बस्ती नजिकै जंगलमा लागेको आगोले ५ वटा घर गोठ जलेर नष्ट भएको वडाअध्यक्ष हरिशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

आगलागीबाट २ वटा घर र ३ वटा गोठ पूर्ण रुपमा जलेको उहाँले बताउनुभयो । आगलागीबाट मानविय क्षति नभएपनि ५ वटा खसी बाख्रा र स्थानियको घर भित्र रहेको अन्नपात,लत्ताकपडा,भाडावर्तन सबै जलेको वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो ।

वन कार्यालयको टिम,प्रहरी,स्थानिय जनप्रतिनिधी,नागरीक आगो नियन्त्रणमा खटिएका छन । आगो भने नियन्त्रण नआएको वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो । चुकिया गाउँका ५ घर आगलागीको उच्च जोखिममा रहेको वडाअध्यक्ष श्रेष्ठको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार