सुनापती गाउँपालिकामा बन्यो आधारभूत अस्पताल,छिट्टै संचालनमा आउने

सुनापती गाउँपालिकामा बन्यो आधारभूत अस्पताल,छिट्टै संचालनमा आउने

रामेछापको सुनापति गाउँपालिकामा आधारभूत अस्पताल निर्माण सम्पन्न भएर बुधबार निर्माण कम्पनीले पालिकालाई हस्तान्तरण गरेको छ । ८ करोड ८३ लाख ९३ हजार २४ रुपैया ४ पैसा लागतमा भवन निर्माण सम्पन्न भएको हो ।

वि एण्ड वि आर एण्ड सि एस विल्डर्स नामक निर्माण कम्पनीले भवन निर्माणको काम गरेको हो । २०७८ वैशाख २५ मा सम्झौता भएर २०८१ असार ३० मा निर्माण सम्पन्न भएको अस्पताल भवन अब भने संचालनमा आउने भएको छ ।

वडा नं ३ हिलेदेवीमा बनेको अस्पताल संचालनमा आएपछि गाउँपालिकाका नागरीकलाई उपचारका लागी अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार