सामुदायिक वनमा आगो लगाउने रामेछाप देउरालीका एक वृद्ध पक्राउ परेका छन । रामेछाप नगरपालिका –२ देउराली सिरुवारी स्थित भिर पाखामा आगो लगाएको आरोपमा प्रहरीले स्थानीय ७२ वर्षीय हरि बहादुर मगरलाई पक्राउ गरेको हो ।
मगरले चैत ४ गते साँझको समयमा भिर पाखामा आगो लगाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिनुभयो । मगरलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागी डिभिजन वन कार्यालय रामेछाप ल्याइएको छ ।
प्रहरीले केही दिन अघि मात्रै जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको थियो ।