रामेछापको रामेछाप नगरपालिका वडा नं ७ मा ११५ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम आयोजना गरिएको छ । शनिबार(आज) ‘महिला सशक्तीकरण आजको आवश्कता’ भन्ने शिर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । उक्त प्रतियोगितामा राशी कार्की(सिता) प्रथम हुनभएको हो ।
प्रतियोगितामा कल्याणी श्रेष्ठ द्धितिय र हिरा तामाङ तृतिय हुनुभएको हो । प्रतियोगितामा १० जना महिलाहरुले भाग लिएका थिए । प्रथम, द्वितीय र तृतीय भएकाहरुलाई कार्यक्रमका प्रमुख अतिथी एवं रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्की र विशेष अतिथी एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले पुरस्कार वितरण गर्नुभयो । सकृय सुकाजोर महिला सन्जालको आयोजना र वडा कार्यालयको सहयोगमा भएको कार्यक्रममा नृत्य,गित तथा कविता वाचन कार्यक्रमम समेत भएको थियो ।