मन्थली नगरपालिकाले दियो लदी पुजाको अवसरमा माझी विद्यार्थी पढ्ने विद्यालयमा बिदा 

मन्थली नगरपालिकाले दियो लदी पुजाको अवसरमा माझी विद्यार्थी पढ्ने विद्यालयमा बिदा 

रामेछापको मन्थली नगरपालिकाले माझीहरुको प्रमुख चाड लदी पुजा ( कोशी पुजा ) को अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको छ । मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले माझी समुदायको बसोवास रहेको र माझी समुदायका बालबालिकाहरु अध्ययन गर्ने विद्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देबर्षि सापकोटाले सोमबार(आज) जारी गरेको सार्वजनिक सूचनामा लदी पुजाको अवसरमा मन्थली नगरपालिकाको वडा नम्बर १, २, ६, ७ र ८ मा रहेका विद्यालयमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार