रामेछापको उमाकुण्ड गाउँपालिकामा एक दिने विज्ञान प्रदर्शनी प्रतियोगिता

रामेछापको उमाकुण्ड गाउँपालिकामा एक दिने विज्ञान प्रदर्शनी प्रतियोगिता

रामेछापको उमाकुण्ड गाउँपालिकाले एक दिने माध्यमिक विद्यालयस्तरीय विज्ञान तथा गणित प्रर्दशनी प्रतियोगिता कार्यक्रम संचालन गरेको छ । उक्त विज्ञान प्रर्दशनिमा प्रत्येक माध्यमिक विद्यालयबाट ८ जना विद्यार्थी र २ जना शिक्षक लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा चण्डेश्वरी माध्यमिक विद्यालय प्रिती प्रथम, सिद्धेश्वर माध्यमिक विद्यालय बाम्ती द्वितीय , जनता माध्यमिक विद्यालय कुँबु तृतिय र कास्थेम माध्यमिक विद्यालय भुजी सान्त्वना भएका छन । विजेता विद्यालयहरूलाई क्रमशः नगद रु. ८०००, ५०००, ३०००, र २००० पुरस्कार राशी सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यसैगरी कैलेश्वर मावि गुप्तेश्वर पाँचौ, सरस्वती माध्यमिक विद्यालय सुनुवारधारा छैठौं र महालंगुर मावि गुम्देल साँतौं भएको हो । विज्ञान तथा गणित प्रर्दशनी कार्यक्रममा वडा नं ४ अन्तर्गतका कालीदेवी आधारभुत बिद्यालय हुँगा, देवीश्वर आधरभुत बिद्यालय बलखी र वडा नं ५ को कालीकादेवी आधारभुत बिद्यालय उर्माखुका ४२ जना बिद्यार्थी र ५ जना शिक्षक सहित करिब ५०० जनाले अवलोकन  गरेका छन ।

विद्यालयले विज्ञान तथा गणित विषयलाई कक्षाकोठामा अध्यापन गर्दा सैद्धान्तिक ज्ञानमा मात्र जोड दिने तर प्रयोगात्मक अभ्यासमा जोड नदिने परिपाटीले गर्दा विद्यार्थीहरूलाई यी दुई विषयलाई अत्यन्तै गाह्रो मान्ने गरेको  गाउँपालिकाका शिक्षा अधिकृत ङावा शेर्पाले बताउनुभयो । परीक्षाको नतिजा हेर्दा यिनै विषयमा कमजोर रहेको अवस्थामा प्रयोगात्मक अभ्यास सहित सैद्धान्तिक ज्ञान दिन सके यी विषय गाह्रा छैनन् भन्ने सन्देश दिन र विद्यार्थी, शिक्षकबीच अनुभव समेत आदान प्रदान गर्ने हेतुले प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार