पहिलो चौमासिकमा रामेछाप नगरपालिकाको खर्च १४.३८ प्रतिशत मात्रै

पहिलो चौमासिकमा रामेछाप नगरपालिकाको खर्च १४.३८ प्रतिशत मात्रै

रामेछापको रामेछाप नगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म जम्मा बजेटको १४.३८ प्रतिशत मात्रै रकम खर्च गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म जम्मा बजेट ७६ करोड ८८ लाख ६९ हजार ५ सय ५१ रहेकोमा ११ करोड ५ लाख ९० हजार ५ सय ७३ रुपैयाँ ९४ पैसा अर्थात १४.३८ प्रतिशत मात्रै रकम खर्च गरेको हो ।

यो अवधिसम्म चालु तर्फ ५१ करोड ३७ लाख ३ हजार ७ सय २३ रुपैया बजेट रहेकोमा १० करोड ६६ लाख ८२ हजार ७८ रुपैया ९४ पैसा अर्थात २०.७७ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगत तर्फ २५ करोड ५१ लाख ६५ हजार ८ सय २८ रुपैया बजेट रहेकोमा ३९ लाख ८ हजार ४ सय ९५ अर्थात १.५३ प्रतिशत बजेट खर्च भएको हो ।

रामेछाप नगरपालिकाका योजना शाखाका अधिकृत नारायण कुमार कार्कीका अनुसार साना ठुलागरी १ सय ४ वटा योजनाहरु रहेकोमा २ वटा योजनाको मात्रै सम्झौता भएको छ । रामेछाप नगरपालिकामा पुँजीगत खर्च कम हुँदा विकास निर्माणका कामहरु ठप्प देखिएको छ । असार लागेपछि बजेट सक्काउने प्रबृत्ति यो पटक पनि दोहोरिने भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार