रामेछापमा यस वर्ष ४५ सय ३६ मेट्रिकटन जुनार उत्पादन हुने अनुमान

रामेछापमा यस वर्ष ४५ सय ३६ मेट्रिकटन जुनार उत्पादन हुने अनुमान

जुनारको जिल्ला भनेर पहिचान बनाएको रामेछापमा यस वर्ष ४ हजार ५ सय ३६ मेट्रिकटन जुनार उत्पादन हुने अनुमान गरिएको छ । यस वर्ष जुनारमा कुनै प्रकारको रोग किरा नदेखिएका कारण पनि जुनार उत्पादन बढ्ने अनुमान गरिएको छ । गत वर्ष ४ हजार ५ सय मेट्रिकटन जुनार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले जनाएको छ ।

हाल रामेछापमा ५ सय ४० हेक्टरमा जुनार खेती हुँदै आएको छ । प्रति हेक्टर १४ मेट्रिकटन जुनार उत्पादन हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका सूचना अधिकारी विनिसा श्रेष्ठले जानकारी दिनुभयो । उहाँको अनुसार ५ सय ४० हेक्टर मध्ये ६० प्रतिशत फल दिने विरुवा रहेका छन । किसानले किलोको ५० रुपैयाँका दरले विक्रि गर्दा पनि २२ करोड ६८ हजार रुपैयाँ बराबरको जनार उत्पादन हुने अनुमान गरिएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम कार्यान्वयन इकाईले केही वर्ष यतादेखि किसानलाई अमिलो जातका फलफूल खेतीमा प्रोत्साहित गरेको छ । जसले गर्दा किसानहरू अमिलो जातका फलफूल खेतीमा लागेका छन् । कार्यालयले किसानलाई निःशुल्क प्राविधिक सहयोग, सिँचाई, बिरुवा, विषादीमा अनुदान तथा बजार व्यवस्थापनमा ५० देखी ७५ प्रतिसत सम्म सहयोग गर्दै आएको छ ।

रामेछापको ओख्रेनी,गाईटार,सुकाजोर,रामेछाप,रामपुर,हिमगंगा,सालु,सुनारपानी,देउराली,भलुवाजोर, पुरानागाउँ,फुलासी लगायतका ठाउँहरुमा व्यावसायिक रूपमा जुनार खेती हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार