हत्या गरी तामाकोशी नदिमा फालेको अभियोगमा एक जना पक्राउ परेका छन । रामेछापको मन्थली नगरपालिका वडा नं १ का विर वहादुर भुजेलको कार्तिक १६ गते राति हत्या गरी तामाकोशी नदिमा फालेको अभियोगमा मिन बहादुर बिक पक्राउ परेका हुन ।
यहि कार्तिक १६ गते शुक्रबार रातिदेखि हराइरहेका भुजेललाई सोही वडा बस्ने विकले शुक्रबार राती हत्या गरी तामाकाशी नदिमा फालेको अभियोगमा पक्राउ गरीएको रामेछाप प्रहरी प्रमुख प्रदिप कुमार सिंहले बताउनुभयो । उहाँका अनुसार शनिबार र आईतबार दुईदिन सम्म प्रहरीले खोजतलास जारी राखेको थियो ।
अझैसम्म भुजेल फेला पर्न सकेका छैन्न । सोमबार पनि थप गोताखोर प्रयोग गरी खोजतलास गरिने प्रहरी प्रमुख सिंहले बताउनुभयो । हत्या गरी तामाकोशी नदीमा फालेको हो हैन भन्न वारेमा अनुसन्धान भैरहको उहाँले बताउनुभयो । घट्नाको प्रकृति हेर्दा अभियुक्त विकले भुजेललाई हत्या गरी तामाकोशी नदिमा फालेको आशंका स्थानीयले गरेका छन् ।