बाग्मती प्रदेशका प्रादेशीक अस्पतालहरुमध्ये रामेछाप अस्पताल चौथो हुन सफल भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा सम्पादीत स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठी कार्यक्रममा उक्त जानकारी गराइएको हो ।
भक्तपुर अस्पताल १०० मा ८३.४ अंक सहित पहिलो,सिन्धुली अस्पताल ७८.४ अंक सहित दोश्रो,धादिङ अस्पताल ७७. ७ अंक सहित तेश्रो र रामेछाप अस्पताल ७७.६ अंक सहित चौथो भएको हो ।अस्पतालको सेवा प्रवाह,आर्थिक सुशासन,प्रशासन,प्रविधि लगायत विभिन्न सूचकहरुलाई आधार मानेर मूल्याङ्कन गरिएको थियो ।
रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठका अनुसार विभिन्न सूचकहरु र अस्पतालको नेतृत्वको भूमिका लगायतका कुराहरुहरुमा अस्पतालले राम्रो अंक पाएको हो । वार्षिक समिक्षा गोष्ठीमा रामेछाप अस्पतालबाट नि.मे.सु डा.श्रेष्ठले प्रस्तुती दिनुभएको थियो ।