रामेछापका ३ पालिका जोड्ने खैरेनीघाटमा बेलिब्रिज निर्माण गर्न सरकारको ध्यानाकर्षण

रामेछापका ३ पालिका जोड्ने खैरेनीघाटमा बेलिब्रिज निर्माण गर्न सरकारको ध्यानाकर्षण

रामेछापको ३ पालिका जोड्ने खैरेनीघाटमा बेलिब्रिज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।

जिल्लाको खाँडादेवी,सुनापती र दोरम्बा शैलुङ्ग गाउँपालिका जोड्ने मुख्य मार्गको रुपमा रहेको खैरेनीघाटको पक्कि पुल यहि असोज ११ र १२ गतेको अविरल वर्षा सँगै सुनकोशी नदीमा आएको बाढीले बगाएको थियो ।

बाढीले पुल बगाएको उक्त ठाउँमा बेलिब्रिज निर्माण गर्न नेकपा एमाले खाँडादेवी गाउँपालिका कमिटी, सुनापती गाउँपालिका कमिटी र दोरम्बा शैलुङ गाउँपालिका कमिटीको तर्फबाट संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाइएको हो । ध्याकर्षण पत्रमा तत्कालका लागी बेलिब्रिज र निकट भविष्यसम्म स्थायीत्व हुने गरी पक्की पुल पुनःनिर्माण गरिदिन अनुरोध गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार