बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन पुनः सञ्चालनमा ल्याइने

बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन पुनः सञ्चालनमा ल्याइने

बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन पुनः सञ्चालनमा ल्याइने भएको छ ।

यही असोज १२ र १३ गतेको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनस्र्थापना प्रणाली प्रयोग गरि पुनः सञ्चालनमा ल्याउन लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खिम्ती–लामोसाँघु प्रसारण लाइन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि महत्वपूर्ण प्रसारण लाइन भएको बताउनुभयो ।

उहाँका अनुसार उक्त लाइनबाट आएको विद्युतलाई लामोसाँघु–भक्तपुर प्रसारण लाइन हुँदै काठमाडौं उपत्यकामा आपूर्ति गरिन्छ । अहिले इआरएसमार्फत लाइन चलाएर बाढीले बगाएको टावरको सट्टा अर्को स्थायी टावर निर्माण गरिने जानकारी दिनुभयो ।

प्राधिकरणले आफैंसँग रहेको इआरएस संरचनाको प्रयोग गरी खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याउन लागेको हो । यसका लागि इआरएस टावर जडान गरिसकिएको छ । इआरएस टावर राख्न लागेपछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै काममा अवरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार