काठमाण्डौँबाट छोटो दुरीमा रामेछाप आउने वैकल्पिक सडक सञ्चालनमा

काठमाण्डौँबाट छोटो दुरीमा रामेछाप आउने वैकल्पिक सडक सञ्चालनमा

काभ्रेको भकुन्डेबेंसीबाट तिमाल खैरेनीहुँदै मध्यपहाडी लोकमार्ग भएर रामेछापको सित्खा पुलबाटबाट मन्थली आउने छोटो दुरीको वैकल्पिक सडक शनिबारबाट सञ्चालनमा आएको छ ।

भकुन्डेबेंसीबाट तिमाल खैरेनी हुँदै मध्यपहाडी राजमार्ग भएर सित्खासम्म आइपुग्न करिब ३५ किलोमिटर दुरी रहेको छ । धुलिखेलबाट भकुन्डेबेंसी २५ किलोमिटर र भकुन्डेबेंसी–सित्खा ३५ किलोमिटर गरी ६० किलोमिटरमा एकतर्फी सञ्चालनमा रहेको सडक सिन्धुलीको सुनकोसी गाउँपालिका–३ को बीपी राजमार्गमा जोडिन्छ । रामेछाप र सिन्धुलीको सीमानाको सुनकोसी नदीको पक्की पुल सञ्चालनमा छ ।

मोटरसाइकल र साना सवारीका लागि सडक खुलिसकेको र आइतबारबाट यात्रुसवाहक बस सञ्चालनमा आउने ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार