रामेछाप नगरपालिकाले मनायो ६० औँ राष्ट्रिय बाल दिवस

रामेछाप नगरपालिकाले मनायो ६० औँ राष्ट्रिय बाल दिवस

राष्ट्रिय बाल दिवसको अवसरमा रामेछाप नगरपालिकाकाले विभिन्न कार्यक्रम गरेको छ । शुक्रबार ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा नगरपालिकाकाले विभिन्न कार्यक्रमहरु आयोजना गरेर भव्य रुपमा मनाएको हो । नगरपालिकाले हाजिरी जवाफ, वक्तृत्वकला,विज्ञान प्रदर्शनी र एसइई परीक्षा तथा कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरेको हो ।

नगरभरी रहेको विद्यालयहरु बिचमा भएको हाजिरी जवाफ प्रतियोगितामा पटनादेवी मावि भालुखोप प्रथम,कालिकादेवी मावि देउराली द्धितिय,गंगालाल एकेडेमी तृतीय र सितलादेवी मावि देउरालीले सान्त्वना स्थान हासिल गरेको हो । प्रथम,द्धितिय,तृतीय र सान्त्वना भएको विद्यालयलाई क्रमश सात हजार पाँच सय,६ हजार,पाँच हजार र ३ हजार सहित प्रमाण पत्र प्रदान गरिएको हो ।

यसैगरी प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने शिर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा सारदा संस्कृत मावि बाबियाखर्ककी छात्रा रेजिना खत्री प्रथम,कालिकादेवी मावि देउरालीकी छात्रा अनुजा खड्का द्धितिय,पटना देवी माविकी छात्रा प्रतिमा तामाङ्ग तृतीय र भिमेश्वर मावि रामपुरको छात्र मनिलाल श्रेष्ठ सान्त्वना भएका छन । प्रतियोगितामा प्रथम,द्धितिय,तृतीय र सान्त्वना हुने छात्रछात्रालाई क्रमश नगद रु २५ सय,२ हजार,१ हजार ५ सय र १ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

यसैगरी विज्ञान प्रविधि प्रदर्शनीमा जनकल्याण मावि च्यास्कु प्रथम,गौरीशंकर मावि द्धितिय,सितलादेवी मावि तृतीय र सारदा संस्कृत मावि सान्त्वना भएका छन । प्रतियोगितामा प्रथम,द्धितिय,तृतीय र सान्त्वना भएको विद्यालयले क्रमश सात हजार पाँच सय,६ हजार,पाँच हजार र ३ हजार सहित प्रमाण पत्र प्रदान गरिएको हो ।

यसैगरी एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने रितेश कुमार अधिकारी,सम्झना खड्का,एन्जल खड्का,आकृती मगर र दिपीका मगर सम्मानित भएका हुन । यसैगरी कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने पुष्पलाल श्रेष्ठ पनि सम्मानित भएका छन । उनिहरुलाई नगद १३ हजार सहित सम्मान पत्र प्रदान गरिएको हो । साथै एसइई तथा कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने जनकल्याण मावि च्यास्कुलाई नगद २० हजार सहित सम्मान गरिएको हो ।

रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्की,नगरपालिकाका प्रबक्ता समिर कार्की,निमिक्त प्रमुख प्रशासकिय अधिकृत होम बहादुर थापा लगायत विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधी,शिक्षक,विद्यार्थी र अभिभावकहरुको उपस्थिती रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार