सैनिक स्मृती पार्क निर्माण भएको लामो समय बित्यो,किन उद्धघाटन भएन ?

सैनिक स्मृती पार्क निर्माण भएको लामो समय बित्यो,किन उद्धघाटन भएन ?

डिभिजन बन कार्यालय रामेछापले जिल्ला अस्पताल रामेछापको मूल ढोका नजिक करिब २५ लाख रुपैयाँको लगानीमा निर्माण गरेको पार्क निर्माण सम्पन्न भएको लामो समय वितिसक्दा समेत उद्धघाटन हुन सकेको छैन ।

कार्यालयको कुल २५ लाख रुपैयाँ र श्रमदान १० प्रतिशत(एक लाख रुपैयाँ) गरी कुल २६ लाखको लागतमा स्थानीय उपभोक्ता समितिले २०८० साल असार १३ गते नै काम सम्पन्न गरिसकेको भएपनि पार्क संचालनमा आउन नसकेको हो ।

२०६६ वैशाख १० गते जिल्ला अस्पताल नजिकैको वादी पाखा सामुदायिक बनको जङ्गलमा लागेको आगो निभाउने क्रममा तत्कालीन १३ जना सैनिक जवानहरूले डढेलोमा परेर ज्यान गुमाएका थिए । त्यसैको सम्झनामा १३ मध्य अन्यको नाम शिला लेखमा रहने र एक जना कमान्डरको भने सालिक राख्ने गरी स्टमेट भएको थियो ।

स्टमेट अनुसार काम भएर भुक्तानी समेत भएको भए पनि पार्क उद्धघाटन नहुदा संचालनमा आउन नसकेको उपभोक्ता समितिका सचिव जीवन कुमार श्रेष्ठले बताउनुभयो । पार्क उद्धघाटन नुहँदा निर्माण भएका संरचनाहरुमा पनि क्षति हुन थालेको छ ।

डिभिजन बन कार्यालय रामेछापका प्रमुख उमाशंकर जैसवालले आफुले यहि भदौ ६ गतेदेखी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेको बताउँदै के कारणले पार्क उद्धघाटन हुन नसकेको रहेछ बुझेर तत्काल उद्धघाटनको तयारी थाल्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार