मन्थलीमा उद्योग तथा वाणिज्य कार्यालय रामेछापको अन्तरकृया

मन्थलीमा उद्योग तथा वाणिज्य कार्यालय रामेछापको अन्तरकृया

उद्योग तथा वाणिज्य कार्यालय रामेछापले आफनो कार्यालयले गर्ने सेवा प्रवाह र कार्यालयले गर्दे आएको सेवा प्रवाह र प्रगतिको वारेमा अन्र्तरक्रिया गरेको छ । कार्यालयले मंगलबार जिल्ला प्रशासन कार्यालयको सभाहलमा र बुधबार आफनै कार्यालयमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेको हो ।

कार्यालयले बुधबार वागमति प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण समिति सभापति एवं साँसद आनन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा जिल्ला भित्रका सबै पालिकाहरु र कार्यालय संग सरोकार राख्ने सबै सरोकारवाला संगको सामिप्यतामा रहेर कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि श्रेष्ठले राजनितिक अस्थीरताका कारण उद्योगको क्षेत्रमा आसातित सुधार हुन नसकेको भन्दै त्यसका लागि सरकारले पनि आवश्यक निति निर्माण गर्न नसकेको भन्दै आवश्यक वजेट र आवश्यक निति निर्माणमा आफु क्रियाशिल रहेको पनि बताउनु भयो । सो अवसरमा उहाँले जिल्लामा आएको न्युन बजेट पनि जिल्लाको उद्योग क्षेत्रको विकासको वाधक रहेको धारणा राख्नु भयो ।

कार्यक्रमको आरम्भमा कार्यालय प्रमुख सुवोध कुमार शाह कर्मयोगिले कार्यालयले गत आवमा गरेको संक्षिप्त गतिविधि र चालु आवमा संचालन गर्ने कार्यक्रम संगै प्राप्त पालिका स्तरि वजेट सिलिङ्गको बारेमा पनि जानकारी गराउनु भएको थियो ।

कार्यालय प्रमुख सुवोध कुमार शाह कर्मयोगिको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख प्रेम सागर थापा,रामेछाप उद्योग वाणिज्य संघका कावा अध्ययक्ष प्रकास कुमार श्रेष्ठ,नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे लगायतका सरोकारवाल संस्थाका प्रतिनिधिहरुले जिल्लाको उद्योग तथा वजारीकरणको अवस्था र गर्नु पर्नै सुधारात्मक पक्षका बारेमा आ आफनो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा कार्यालय प्रमुख सुवोध कुमार शाह कर्मयोगि, रावावैक,कृषि विकास वैंक र करदाता कार्यालयका प्रमुख समेतले अन्र्तरक्रियामा उठेका कुराको वारेमा जवाफ दिनु भएको थियो ।

त्यसैगरि मंगलवार कार्यालयले जिल्ला प्रशासन कार्यालय रामेछापको सभाहलमा आयोजित सबैखाले सरोकारवाला हरुको रोहवरमा आयोजित कार्यक्रममा जिल्लाको वजारहरुको अवस्था र वजार अनुगमन र त्यसको प्रगति र सुधारात्मक अवस्थाका बारेमा पनि जानकारी गराईएको थियो ।

कार्यक्रमका अवसरमा आव ०८१÷०८२ जिल्लाको वजार अनुगमन र सो को बार्षिक कार्ययोजना मस्र्याेदा माथि पनि ब्यापक छलफल पछि । कार्ययोजनाको समेत अनुमोदन गरिएको थियो । कार्यक्रम निमित्त प्रजिअ किसान न्यौपानेको प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार