स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा मन्थली नगरपालिका पहिलो

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा मन्थली नगरपालिका पहिलो

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा रामेछापका आठ स्थानीय तहमध्ये मन्थली नगरपालिका पहिलो भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार जारी गरेको नतिजा अनुसार ७४.५० अङ्क सहित मन्थली नगरपालिका पहिलो भएको हो ।

मन्थली नगरपालिकाले प्रशासकीय प्रबन्धमा कुल अङ्कको ८.५ अङ्क¸सङ्गठन तथा प्रशासनमा ७ अङ्क¸वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७.५ अङ्क¸ वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ९.२५ अङ्क¸सेवा प्रवाहमा १२.५ अङ्क¸न्यायिक कार्यसम्पादनमा ७ अङ्क¸भौतिक पूर्वाधारमा ५.७५ अङ्क¸सामाजिक समावेशीकरणमा ८.७५ अङ्क¸वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५.५ अङ्क र सहकार्य र समन्वयमा ५ अङ्क प्राप्त गरी जिल्लाको स्थानीय तह मध्ये मन्थली नगरपालिका पहिलो भएको हो ।

जिल्लाको स्थानीय तहमध्ये सुनापति गाउँपालिका ७४.२५ अङ्क सहित द्धितिय स्थानमा रहेको छ । सुनापति गाउँपालिकाले प्रशासकीय प्रबन्धमा कुल अङ्कको ६ अङ्क¸सङ्गठन तथा प्रशासनमा ५.७५ अङ्क¸वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८ अङ्क¸वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ९.५ अङ्क¸सेवा प्रवाहमा १२ अङ्क¸न्यायिक कार्यसम्पादनमा ७ अङ्क¸भौतिक पूर्वाधारमा ९.५ अङ्क¸सामाजिक समावेशीकरणमा ६.५ अङ्क¸वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५.२५ अङ्क र सहकार्य र समन्वयमा ४.७५ अङ्क प्राप्त गरेको छ ।

त्यस्तै रामेछाप नगरपालिका ७१.५० अङ्क सहित तेस्रो स्थानमा रहेको छ । नगरपालिकाले प्रशासकीय प्रबन्धमा कुल अङ्कको ८ अङ्क¸ सङ्गठन तथा प्रशासनमा ४.७५ अङ्क¸वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ६ अङ्क¸वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १० अङ्क¸सेवा प्रवाहमा ११.२५ अङ्क¸न्यायिक कार्यसम्पादनमा ७ अङ्क¸ भौतिक पूर्वाधारमा ९.५ अङ्क¸सामाजिक समावेशीकरणमा ५.५ अङ्क¸ वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५.५ अङ्क र सहकार्य र समन्वयमा ४ अङ्क प्राप्त गरेको प्रकाशित सूचनामा उल्लेख छ ।

मन्त्रालयले प्रकाशन गरेको सूचना अनुसार उमाकुण्ड गाउँपालिका ७० अङ्क सहित चौथो स्थानमा रहेको छ । दोरम्वा शैलुङ्ग गाउँपालिकाले ६१.२५¸गोकुलगंगा गाउँपालिकाले ६४,खाँडादेवी गाउँपालिकाले ५६.५० र लिखुतामाकोसी गाउँपालिकाले ४५.७५ अङ्क प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार