बंगुर पालनबाटै राममायाको राम्रो कमाई,बस्छन् सबै परिवार रमाई

बंगुर पालनबाटै राममायाको राम्रो कमाई,बस्छन् सबै परिवार रमाई

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार नजिकै मानेँडाँडामा राम माया तामाङ्को घर छ । उनको परिवारमा ७ जनाको सदस्य छन । उनले घरको वरपर करेसा बारीमा तरकारीहरु पनि लगाएकी छिन । केही मात्रामा कुखुराहरु पनि पालेकी छन् । उनको घर भन्दा केही पर उनको बंगुर फर्म छ । रहर लाग्दा साना बंगुरका बच्चाहरु खेलीरको देखिन्छ ।

राममायाले एउटा बंगरको बच्चालाई प्रतिगोटा ६ देखी ८ हजार सम्म बेच्ने गर्छिन् । उनको फर्ममा बच्चासहित १८ वटा बंगुर छन् । उनले एउटा माउले जन्माएको बच्चा बेचेर करीब २ लाख सम्म आम्दानि गरिरहेकी छिन् । उनलाई बाख्रा पालन तरकारी खेती भन्दा पनि बंगुर पाल्न सहज लाग्यो । यो काम उनी एक्लैले गरेकी छिन् । घर परिवारबाट हौसला सहयोग मिले पनि बंगुरलाई हेरचाह गर्ने काममा उनी एक्लैले भ्याउँछिन् ।

बाख्रा खसी पाल्दा जंगल जानु पर्ने,घास काटेर ल्याउनु पर्ने झन्झट् भन्दा बंगुरलाई चारो बनाएर दिन र बाहिर चराउन पनि नपर्ने हुँदा उनलाई यो काम गर्न मन लागेको उनी बताउछीन् । त्यो बंगुरले धेरै बच्चाहरु जन्माए पछि उनले ती बच्चाहरुलाई रामेछापको बिहिबारे हाटबजारमा लगेर बेच्ने र कतिपय घरैमा पनि किन्न आउन थाले पछि झनै खुसि लाग्न थाल्यो भन्छिन उनी । आफ्नो श्र्रीमानको कामाईमा भर पर्नु भन्दा आफुले पनि केही गर्दा आफ्नो श्र्रीमानलाई सहयोग हुने भएकाले उनले बंगुर पाल्न थालेको बताइन ।

उनी यो व्यबसायबाट सन्तुष्ट छिन् आफुलाई पैसाको खाचो पर्दा घर व्यवहार टार्नू पर्दा श्रीमान कै मुख हेर्नु नपर्ने छोराछोरीलाई पढाउन छोराछोरीको चाहानाहरु पनि पुरा गर्न यही व्यवसायले सहज भएको छ उनलाई ।

उनी भन्छिन् यो व्यबसाय म छाड्दिन किनकि धेरै नेपाली आमा,दिदी बहिनिहिरु विदेश गएर आफ्नो पसिना बगाईरहेका छन् तर आफ्नो घर व्यबहार धान्न पनि नसकिरहेको अबस्था पनि सुनिरहेका हुन्छौं भने कतिपय नारीहरुको सामाजिक सञ्जालमा विदेश जादाका बिभिन्न समस्या देख्दा कोही नेपाली विदेश नजान आग्रह गर्छिन् । उनले एउटा बंगुर पालनबाट सुरु गरेको व्यबसायले अहिले ७ जनाको परिवार पालिरहदा आफुलाई सहज भएको बताउछीन ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार