स्थानीय रैथाने तथा अर्गानिक उत्पादनको विक्रिका लागी हाट बजार

स्थानीय रैथाने तथा अर्गानिक उत्पादनको विक्रिका लागी हाट बजार

सिन्धुलीको सुनकोशी गाँउपालिका –५ रामटारमा आजदेखि हाट लाग्न सुरु गरेको छ । गाउँपालिकाले स्थानीय रैथाने तथा अर्गानिक उत्पादनको खरिद विक्रिका लागी हाट बजारको व्यवस्था गरेको हो ।

हरेक हप्ताको बुधबार हाट लाग्ने गरी सबै व्यवस्थापन गाउँपालिकाले मिलाएको प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीले बताउनुभयो । पालिकाका कृषकहरुले उत्पादन गरेको स्थानीय रैथाने तथा अर्गानिक चिज वस्तुहरु हाटमा खरिद गर्न पाइने उहाँले बताउनुभयो ।

आज पहिलो दिनको हाटमा ३० वटा स्टलमा किसानहरुले स्थानिय उत्पादन तथा परिकारहरु विक्रिको लागी ल्याएको प्रमुख प्रशासकिय अधिकृत दर्जीले बताउनुभयो । तरकारी,फलफूल,लोकल कुखुरा लगायतका विभिन्न स्थानिय उत्पादन तथा परिकारहरु हाट बजारमा विक्रि वितरण भएको उहाँको भनाई छ ।

गाउँपालिकाभर पहिलो पटक रामटारमा स्थानिय हाट बजार लागेको होे । यो हाट बजारले त्यहाँका किसान तथा स्थानियहरुले उत्पादन गरेको चिजवस्तुहरुले बजार पाउने छ । स्थानीय उत्पादनलाई प्रात्साहन गरी स्थानीय अर्थतन्त्रलाई सबलीकरण गर्न हाट बजारले महत्वपूर्ण भूमिका खेल्ने पालिकाको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार