रामेछाप नगर साँस्कृतिक कलाकार समाजको अध्यक्षमा फिन्जु पाख्रिन,११ सदस्य कार्यसमिति विस्तार

रामेछाप नगर साँस्कृतिक कलाकार समाजको अध्यक्षमा फिन्जु पाख्रिन,११ सदस्य कार्यसमिति विस्तार

रामेछाप नगर साँस्कृतिक कलाकार समाजको अध्यक्षमा फिन्जु पाख्रिन चयन हुनुभएको छ । शनिबार काठमाण्डौँमा भएको पहिलो अधिवेशनबाट पाख्रिनको अध्यक्षतामा ११ सदस्य कार्यसमिति गठन गरिएको हो । रामेछाप नगर साँस्कृतिक कलाकार समाजका अध्यक्ष नवीन पुलामी मगरको अध्यक्षतामा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा डि वि लामा,सचिवमा सूर्य क्याप्छाकी मगर,सहसचिवमा देव लामा,कोषाध्यक्षमा टंकमाया श्रेष्ठ,सदस्यहरुमा दिलु श्रेष्ठ,कविता विक,सुरेन्द्र पाख्रिन,सुमी श्रेष्ठ र रुपेश गोले चयन हुनुभएको हो ।

यसभन्दा अघिको कार्यसमितिको अध्यक्षमा नवीन पुलामी मगर,उपाध्यक्ष रिता मगर,सचिव राजन महतारा क्षेत्री,सह सचिव दिपक सुनुवार,कोषाध्यक्ष देव लामा लगायतको ९ सदस्य थियो । समाजको पहिलो कार्य समितिले खासै काम गर्न सकेको थिएन । नयाँ बनेको कार्यसमितिले रामेछाप नगरपालिकाको कला र संस्कृतिको क्षेत्रमा काम गर्ने अपेक्षा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार