रामेछापको रामेछाप नगरपालिका वडा नं ७ भालुखोपकी दिलमाया पाख्रिनले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । दुबै मृगौलाले काम नगर्ने भएपछि उहाँले आफ्नो उपचारका लागि सहयोगको अपिल गर्नुभएको हो ।
५७ वर्षकी पाख्रिनले उपचार गराउन आर्थिक अभाव भएपछि सहयोगको अपिल गर्नुभएको हो । ६ महिनादेखी मृगौलाको डाईलाइसिस गराइरहेको भन्दै उहाँका श्रीमान पुर्ण बहादुर मोक्तानले आर्थिक अभावले उपचारमा समस्या परेको बताउनुभयो ।
उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गरिदिन मोक्तानले सहयोगी मनहरुलाई अपिल गर्नुभयो । सहयोग गर्न चाहने सहयोगी मनहरुले लक्ष्मी बैँक काठमाण्डौँमा रहेको दिल माया पाख्रिनको खाता नम्बर १०११४४७९४१०२५००१ मा रकम जम्मा गर्न सक्नुहुनेछ ।
आफुले सकेको सहयोग गरिदिन हुन सम्पुर्ण सहयोगी मनहरुलाई ईरामेछाप हार्दिक अनुरोध गर्दछ ।