आ.ब २०८०/८१ मा सुनापति गाउँपालिकाको जम्मा खर्च ७८.९३ प्रतिशत

आ.ब २०८०/८१ मा सुनापति गाउँपालिकाको जम्मा खर्च ७८.९३ प्रतिशत

रामेछापको सुनापति गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा जम्मा विनियोजन बजेटबाट ७८.९३ प्रतिशत मात्रै खर्च गरको छ । जम्मा विनियोजन बजेट ५८ करोड ७३ लाख ८१ हजार ४ सय ९२ रुपैयाबाट ४४ करोड ७७ लाख ८४ हजार ६ सय ६५ अर्थात ७८.९३ प्रतिशत रकम मात्रै खर्च गरेको हो ।

गाउँपालिकाले सो कुरा सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी गराएको हो । सोमबार सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँ पालिकाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको अवस्थाका बारेमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिलकृष्ठ श्रेष्ठले जानकारी गराउनुभएको हो ।

प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले संस्थागत विकास तथा सुशासनको क्षेत्रमा भएका कामहरू, आर्थिक तथा सामाजिक विकास, पूर्वाधार विकास, विपद् व्यवस्थापन र न्यायिक समिति लगायत विभिन्न क्षेत्रमा भएको प्रगतिका बारेमा पनि जानकारी गराउनुभएको थियो । उहाँले गाउँपालिकाले गरेको नविनतम प्रयासहरु र पालिकाको समस्या तथा चुनौतीहरुको बारेमा समेत जानकारी गराउनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले विकास निर्माण शिक्षा,कृषि,खानेपानी,सरकारी सवारी साधनको दुरुपयोग लगायतका विभिन्न विषयमा प्रश्न गरेको थिए । नागरीकहरुले उठाएको प्रश्नको जवाफ गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङ्ग, उपप्रमुख गिता विष्ट र प्रमुख प्रशासकिय अधिकृत दीलकृष्ण श्रेष्ठले दिनुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङ्ग,उपाध्यक्ष गिता विष्ट चौलागाँई र ५ वटै वडाका वडा अध्यक्षहरुले जिम्मेवार बक्ताको रुपमा आफनो धारणा राख्दै पालिकाको दीगो विकास र शुसासनका लागि आफुहरुले कुनै पनि कमि हुन नदिने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार