रामेछापको गोकुलगंगा गाउँपालिकाले ल्यायो आगामी आ.ब को लागी ५० करोड ३३ लाखको बजेट

रामेछापको गोकुलगंगा गाउँपालिकाले ल्यायो आगामी आ.ब को लागी ५० करोड ३३ लाखको बजेट

रामेछापको गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५० करोड ३३ लाख बराबरको बजेट ल्याएको छ । गाउँपालिकाको १५ औं गाउँसभामा सोमबार पालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम र उपाध्यक्ष उषादेवी कार्कीले बजेट प्रस्तुत गर्नुभएको हो ।

गाउँसभा मार्फत गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५० करोड ३३ लाख २० हजार १५० बराबरको बजेट सार्बजनिक गरेको छ । पालिकाले संघीय सरकारबाट ४० करोड ७२ लाख १७ हजार, प्रदेश सरकारबाट ८ करोड ५१ लाख ३ हजार १५० र पालिकाको आन्तरिक श्रोतबाट एक करोड १० लाख रुपैंया प्राप्त गर्ने अनुमान गरेको छ ।

गोकुलगंगाले आगामी आर्थिक वर्षको लागि वडागत सिलिङ ४ करोड ५० लाख छुट्याएको छ भने प्रशासनिक चालुतर्फ ११ करोड ७३ लाख, शसर्ततर्फ २० करोड ६५ लाख ६५ हजार, समपुरकतर्फ ५ करोड २० लाख खर्च गर्ने लक्ष्य लिएको गोकुलगंगाले विशेष अनुदानतर्फ ५० लाख र पालिकातर्फ विभिन्न शाखागत, क्षेत्रगत र भुक्तानी हुन बाँकी योजनाको खर्च समेत गरी ७ करोड ७४ लाख ५५ हजार १५० विनियोजन गरेको छ ।

गाउँसभामा सभाध्यक्ष एवम् पालिका अध्यक्ष काजी बहादुर खड्का(दिनेश)ले गोकुलगंगामा सञ्चालन भएका कार्यक्रम तथा गतिविधि र उपलब्धी सार्वजनिक गर्दै आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रमहरुको विवरण प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार