रामेछापको खाँडादेवी गाउँपालिकाको आ.ब २०८१/८२ को निति तथा कार्यक्रम सार्वजनिक

रामेछापको खाँडादेवी गाउँपालिकाको आ.ब २०८१/८२ को निति तथा कार्यक्रम सार्वजनिक

रामेछापको खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार(आज) १५ औं गाउँ सभामा गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । अध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा गत वर्षकै धेरै कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

निति तथा कार्यक्रममा टोल बस्तीमा आकस्मिक मोबाइल अस्पताल संचालन गरिने,५ शैयाको अस्पतालको निर्माण कार्य पूरा गरिने,गृहिणी महिला सशक्तीकरण कार्यक्रम संचालन गरिने,विदेशबाट फर्केका युवाहरूलाई सामुहिक रुपमा व्यवसायीक कृषि पेशा गर्न प्रोत्साहन गरिने,कृषकलाई उत्पादनमा अनुदान नभई बिक्रीमा अनुदान दिइने उल्लेख गरिएको छ ।

गाउँपालिकाको केन्द्रमा पालिकाको स्थायी भवन निर्माणको थालनी गरिने,आकाशे पानी संकलन तथा रिजर्भ ट्याङ्की निर्माणलाई निरन्तरता दिइने,निर्माण भएका सबै घरहरुको नम्बर राख्ने प्रबन्ध गरिने र डिजिटल प्रोफाइलको परिवारको डाटाहरु अधाबधिक गरिने कुरा समेत निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

साथै प्रत्येक वर्ष निति,कार्यक्रम तथा बजेटको समिक्षा गरिने बताइएको छ । आगामी आर्थिक वर्षको बजेट भने केही दिन पछि प्रस्तुत गरिने गाउँपालिकाले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार