रामेछापको सेलेघाटमा तेस्रो डुंगा प्रतियोगिता

रामेछापको सेलेघाटमा तेस्रो डुंगा प्रतियोगिता

तेस्रो राष्टिय माझि लाउ( डुंगा ) प्रतियोगिता रामेछापको मन्थली नगरपालिकाको सेलेघाट त्रीवेणीमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन् वागमति प्रदेशकी खेलकुद विकास मन्त्री रमा आलेले एक औपचारीक कार्यक्रमका विच गर्नुभयो ।

आफनो उद्घाट्न मन्तब्यमा मन्त्री आलेले माझि समुदायको परंपरागत पेशाको रुपमा पहिचान बनाएको डुंगा ब्यवसायको संरक्षण संगै डुंगा ब्यवसायलाई आय आर्जनको माध्यमका रुपमा समेत विकास गर्नु पर्ने बताउनुभयो । उहाँले यो प्रतियोगिता राष्टीय प्रतियोगिता भएकोले यसलाई ब्यापक बनाउन पनि सुझाव दिनुभयो । त्यसका लागि प्रदेश सरकार पनि सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो ।

न्यु स्टार युवा क्लब कुनौरीको आयोजना र माझी उत्थान संघ जिल्ला कार्य समितिको समन्वय तथा राष्टिय खेलकुद परिषदको प्रायोजनमा भएको उक्त डुँगा प्रतियोगितामा रामेछाप सिन्धुली,दोलखा,सुनसरी र ओखलढुँगा जिल्लाका डुंगा चालक खेलाडिहरुको सहभागिता रहेको छ ।

माझि समुदायको परंपरागत पेशाको रुपमा पहिचान बनाएको डुंगा ब्यवसायलाई राष्टिय खेलकुद परिषदले राष्टिय खेलका रुपमा मान्यता दिए संगै हरेक बर्ष यो प्रतियोगिताको आयोजना गरिदै आएको छ ।

प्रतियोगितामा ५ वटा जिल्लाका गरि डवल विधा तर्फ २९ टीम,र सिङ्ल विधा तर्फ २६ टीमको सहभागिता रहेको छ । उक्त खेल अन्र्तगत खेलाडिहरुले प्रतिस्पर्धाका आधारमा डुंगालाई त्रीवेणीको वारी किनार वाट पारी सम्म पुर्याउनुपर्ने आयोजकले वताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार