पैसा (सम्पति) शब्द ल्याटिन शब्द मोनेटाबाट व्युत्पन्न भएको हो जसको अर्थ “सिक्का” मार्फत फ्रान्सेली मोनाई हो। ल्याटिन शब्द रोमको सात पहाडहरू मध्ये एक क्यापिटोलिनमा रहेको जुनोको मन्दिरबाट आएको मानिन्छ । पुरातन संसारमा, जुनो अक्सर पैसा संग सम्बन्धित थियो । रोममा जुनो मोनेटाको मन्दिर प्राचीन रोमको टकसाल अवस्थित थियो। “जुनो” नाम Etruscan देवी Uni र “Moneta” ल्याटिन शब्द “monere” (सम्झना, चेतावनी वा निर्देशन) वा ग्रीक शब्द “Moneres” बाट आएको विभिन्न अध्ययनहरुले बताउँदै आएका छन् ।
सम्पत्ति (पैसा) एक्काइसौं शताब्दीमा मानव जीवनका लागि जल, तेज, पृथ्वी, वायु र आकाश पछिको छैटौं इन्द्रियको रुपमा लिने गरेको पाइन्छ । ऐले सम्पति यानिकी पैसा विना जीवन नै अधुरो र अन्धकार हुन्छ भनेर हामीले श्रवण गर्दै आएका छौं । पाँच इन्द्रियलाई चलाउने नै सम्पत्ति हो भनेर भनिन्छ । धनकी देवी लक्ष्मी माता देखेपछि महादेवका त्रिनेत्र भनेर बुढा पाकाले भन्दछन् ।
विभिन्न शास्त्रहरुमा उल्लेख गरिएको छ । धर्म, अर्थ, काम र मोक्ष । यो संसारमा हरेक वस्तुको आआफ्नै धर्म रही आएको छ । उखुको धर्म गुलियो हुनु हो, उखु गुलियो भएन भने उखुले आफ्ना धर्म छाड्यो । नुनको धर्म नुनिलो हुनु हो । यदी नून नुलियो भएन भने नुन धर्म छाडा हो । कागतीको धर्म भनेको अमिलो हुनु हो, कागती अमिलो भएन भने, कागति अमिलो भएन भने धर्मछाडा भयो । पानीको धर्म तरलता हो यदि पानी ठोस अवस्थामा रह्यो भने पानी पानी रहन्न बरफ बन्दछ । बरफलाई हामीली प्यास लागेको बेला कलकलती पिउन सक्दैनौं । त्यसैगरी आगोको धर्म प्रकाश एव्म ताप दिनु हो । आगो तातो भएन भने आगो आगो रहन्न । आगोको धर्म प्रकाश दिनु र ताप दिनु हो । तापले पृथ्वीमा भएका तताउनु, पगाल्नु र डढाएर खरानी बनाउनु नै हो । त्यसैगरी काठको धर्म ठोस हुुनु हो । बल्नु हो । काठ बलेन र ठोस अवस्थामा रहेन भने काठ, काठ भएन ।
पृथ्वीका हरेक वस्तुको आफ्नै आफ्नै धर्म रहेको छ । बाघको धर्म शिकार गरेर मासु खानु हो । मृगको धर्म घाँस खानु हो । बाघ मासु खान पाएन भने भोकै मर्छ तर उसले जंगलमा भएको घाँस कदापी खाँदैन । त्यसैगरी मृगको धर्म घाँस खानु हो र उसले घाँस पाएन पने भोकै मर्छ तर शिकार गरेर मासु खाँदैन । सबैले आआफ्नो धर्म अँगालीरहेका हुन्छन् ।
थृथ्वीमा रहेका करीब ८ अरब मानिसहरु रहेका छन् । थृथ्वीमा साँच्चैनै धर्म कसैले छाडेको छ भने त्यो मनिस मात्र एक हो । मानिसले प्रकृतिलाई अप्राकृतिक बनाइरहेको छ । मान्छेले खान हुने कुरा पनि खान्छ, खान नहुने कुरा पनि खान्छ, गर्न हुने कुरा पनि गर्दछ, गर्न नहुने कुरा पनि गर्दछ ।
यस संसारमा कुनै पनि शिषु खराब भएर जन्मिएको हुँदैन । बिस्तारै विस्तारै हुर्कदै जाँदा उसले जे देख्दछ, जे सुन्दछ र जे सिक्दछ त्यो नै उसको आदत बन्दछ र फलत त्यही आदत उसको संस्कारको रुपमा विकसित हुन्छ । उसले जस्तो संस्कार प्राप्त गर्दछ उ त्यही नै जीवन नै त्यही हो । जीवन यापन गर्नका लागि सम्पतिको आवश्यकता छ तर पनि कुनै पनि मानिसमा असल संस्कार भएन भने त्या सम्पति क्षणभरमै स्वाहा हुन्छ । मानव इतिहासलाई केलाएर हेर्ने हो भने सम्पति (पैसा)को व्यत्पति भएको लामो इतिहास भने छैन । त्यसो हो भने परापूर्व कालमा सम्पति विना पनि त मासिनसले जीवन यापन गरिरहेकै थिए । सम्पति (पैसा) मानवीय आवश्कता परीपूर्ति गर्नको लागि चाहीने साधन हो तर साध्य होइन ।
संस्कार झन मानव जीवनमा नभइ नहने कुरा हो । संस्कारले मानव जीवनलाई सुसज्जित बनाउँदछ । संस्कारले मानीसलाई असल नागरीक बनाउँदछ । संस्कार मानिसको आभूषण पनि हो । संस्कारलाई श्रृगारको रुपामा पनि लिइने गरिन्छ । जसरी हीरालाई विभिन्न अवशेषहरुबाट छुट्याएर धेरै घोटेपछि चम्किन्छ । त्यस्तै मानिसमा पनि जति संस्कार छ उती नै चम्किन्छ । त्यसैले संस्कार बीना हीराको पनि महत्व हुँदैन ।
संस्कार भनेको भनेको अनुशासित जीवनपद्धतीमा डोहोर्याउने माध्याम हो । संस्कारले हामीलाई सही मार्गदर्शन गर्छ । त्यसैले त भन्ने गरिन्छ, ‘संस्कारी घरानामा जन्मेहुर्केका व्यक्ति विनयी, विनम्र, अनुशासित, मर्यादित हुन्छन् ।’
संस्कार शब्दको व्युत्पत्ति संस्कृतको ‘सम’ एवं कृञ धातुमा घञ प्रत्यय लागेर भएको हो । ऋग्वेदमा संस्कारको सट्टा संस्कृत शब्दको प्रयोग पाइन्छ, जसको अर्थ शुद्ध गरिएको भन्ने हुन्छ । जैमिनी सूत्रमा संस्कार शब्दलाई यज्ञलाई पवित्र र निर्मल बनाउने कार्यको अर्थमा भएको पाइन्छ । त्यसैले संस्कारको अर्थ शुद्ध वा पवित्र पार्नु भन्ने बुझिन्छ । सनातन धर्म एवं जीवनशैलीमा मानव जीवनलाई शुद्ध बनाउन विभिन्न संस्कारको व्यवस्था गरिएको पाइन्छ ।
मनुस्मृतिमा भनिएको पनि छ–
जन्मना जायते शूऽ संस्काराद् द्विज उच्यते ।
वेद–पाठात् भवेत् विप्रः ब्रहृम जानाति ब्राहृमणः ।।
अर्थात् जन्मदा सबै मानिस शूद्र हुन्छन्, संस्कार गरेपछि द्विज हुन्छन्, नियमपूर्वक वेद पाठ गर्नेहरू विप्र हुन्छन् भने ब्रहृमवेत्ताहरू ब्राहृमण हुन्छन् ।
हुन त संस्कार, धर्म, सम्प्रदाय, परम्परा, संस्कृति इत्यादि समानार्थी रूपमा प्रयोग गरिने चलन छ । तर यिनमा फरक पनि उत्तिकै छ । संस्कार शब्दले पूर्ण गराइएको, तरासिएको, परिष्कार गरिएको वा सफा गरिएको भन्ने अर्थ बोध गराउँछ ।
संस्कार त्यो हो जसले हृदय मन्थन गरी शिष्टता कायम गर्दछ । देखावटी एवम् कृत्रिम संस्कारले मानवलाई खोक्रो बनाइदिन्छ ।
हामीले मानवीय जीवन यापन गर्ने शिलिसलामा संस्कारलाई मेरूदण्डको रुपमा लिने गर्दछौं । अझ वैवाहिक सम्बन्धमा गाँसिने बेलामा संस्कारको विषेश सन्दर्भ आउने गर्दछ । संस्कार घर देखी घाटसम्म नभई नहुने कुरा पनि हो । संस्कार जुस्तोसुकै विसम परिस्थितिमा पनि अपरिहार्य छ ।
संस्कार, मानव जीवनको एउटा श्रृंगार पनि हो । संस्कारलाई मानवीय जीवनमा पहिलो रुपमा हेरिने गरिन्छ, त्यस पछि आउँछ शिक्षाका कुरा । असल संस्कारले मानवीय सम्बन्धलाई सुसज्ज्ति र मजबुत बनाउन अहम भूमिका निर्वाह गर्दछ । हिजो आज मानिसहरु संस्कारलाई कम र शिक्षालाई बढी महत्व दिन थालेका छन् फलतः मानिसहरु घातक बन्दै गएका छन् ।
छोराछोरीलाई असल संस्कार दिनु आवश्यक छ । आफूभन्दा ठूलोलाई कदर÷सम्मान, सानोलाई माया, आफू सम्मानकोलाई विनम्रता, दुःखी गरीबलाई करुणा गर्नु पर्दछ । सबैलाई आदर सत्कार गर्नु पर्दछ । कसैको पनि भावनामा आँच आउने कार्य गर्नु गराउनु हुँदैन । मर्यादित आचरणमा बस्नु÷बसाउनु पर्दछ । यी सबै कुरा आफ्ना सन्तानलाई सिकाउनु पर्दछ । आमा बुबाको संस्कार छोराछोरीमा जान्छ । सन्तानको आकर्षणले व्यक्तिको मन पग्लाइदिन्छ । यो नै संस्कार हो ।
हिजोआज मानिसहरुमा संस्कारहीनता ठूलो समस्याको रुपमा देखा परेको अवस्था छ । चोरी, डकैती, ठगी, लुटपाट, अपहरण, यातना, धुन्र्यांई, गुडागर्दि, कालोबजारी, हत्या, हिंसा, बलत्कार, लागूपदार्थ ओसारपसार, दुर्वेसनी, धुम्रपान, मध्यपान, कुलत, भ्रष्टाचार जस्ता कुराको शिकार बढ्दै गएको छ । जसको प्रतिफल घर परिवारले मात्र नभएर सिंगो समाज र राष्ट्रले भोग्नु परेको छ । यस्तो प्रकृतिको दुर्वेवहार निमूल पार्नको लागि सन्तानलाई बच्चापनमा नै सत्मार्गमा हिँड्न सिकाउनु साथै असल संस्कार दिनु अत्यन्तै जरुरी छ ।
सन्तान भगवानले दिनु भएको अनुपम वरदान हो । सन्तान देशको भविश्य हुन्, देश चलाउने नेता हुन्, मनोरन्जन दिने अभिनेता हुन्, कला प्रस्फुटन गर्ने कलाकार हुन्, अन्न उत्पादन गर्ने कृषक हुन्, कच्चा पदार्थलाई तयारी वस्तु बनाउने उद्योगी हन्, विभिन्न कार्यलयहरु हाँक्ने प्रशासक हुन्, बिरामीको उपचार गर्ने डाक्टर नर्स हुन्, बैद्य हुन्, झारफुक गर्ने झाँक्री हुन्, ज्ञानको ज्योति भर्ने शिक्षक हुन्, विभिन्न प्रकारका डिजाइन गर्ने इन्जिनियर हुन्, विभिन्न कुराको खोज अनुसन्धान गर्ने वैज्ञानिक हुन्, अन्यायमा परेकालाई न्याय दिने न्यायाधीस हुन्, परोपकारी कार्य गर्ने समाजसेवी हुन् ।
यस धर्तीका कुनै पनि आमाबाबु यो चाहँदैनन् की आफ्नो सन्तान कुसंस्कारी होस् । आफ्नो सन्तानलाई शुसंकारी बनाउनु अभिभावकको प्रथम दायित्व पनि हो । यस धर्तिमा हुनुभएका हरेक आमाबाबुले आफ्नो सन्तानलाई असल संस्कार दिन सकेको खण्डमा घर, परिवार, समाज, राष्ट्र र सिंगो विश्वले पाउला फेर्ने थियो । संस्कार वास्तवमा आम मानिसको लागि जीवनको सत्मार्ग पनि हो ।
संस्कार, पारिवारीक जीवनका लागि मात्र नभएर आउँदो भावी पुस्ताको लागि पनि छाडेर जाने एउटा अमूल्य सम्पति पनि हो । आमा बाबुले जस्तो संस्कार सिकेका हुन्छन् आफ्ना छोराछोरीलाई पनि त्यस्तै संस्कार दिन्छन् । छोरा छोरीले त्यस्तै संस्कार सिक्दै जान्छन् । त्यसैले संसारमा भएका हरेक व्यक्ति शुसंस्कारी तथा कुसंस्कारी हुनुको सम्पूर्ण श्रेय आमाबाबुलाई नै जान्छ ।
हरेक बालकको कलिलो मन मस्तिष्कमा आमा बाबु तथा घरका हरेक सदस्यले गरेको प्रत्येक कर्म र वाणीले बाल मानष्पटलमा गहिरो छाप परेको हुन्छ । बच्चाले जे सुन्छ, जे देख्छ, जे भोग्छ उसलाई त्यही नै शिक्षा मिल्दछ र अन्तमा त्यही नै उसको संस्कार बन्दछ ।
जीवनको प्ररम्भिक चरणमा जस्तो किसिमको संस्कार दिइन्छ उसको जीवन त्यही अनुरुप नै चल्न सुरु गर्दछ । त्यसैले जब हामी नैतिकवान् र शुसंस्कारी हुन्छौं तब हाम्रा सन्तानहरु पनि त्यतिकै चम्किला र सुसज्जित भएर निस्कन्छन् ।
संसारकम हरेक आमाबाबुले आफ्नो सन्तानलाई ज्ञानी र संस्कारी बनाउनतर्फ ध्यान केन्द्रित हुन पर्दछ यानिकी उसलाई विलासीतातर्फ नलगाऊँ ।
हामीले आफ्नो सन्तानलाई शुसंस्कार दिएको खण्डमा प्रायतः समाजमा कुनै पनि प्रकृतिका अप्रिय घटनाहरु हुँदैनन् । त्यसैले आफ्नो सन्तानलाई असल संस्कार दिने गरौं । संस्कार अत्यन्तै गहन र ओजस्वी कुरा हो ।
हामीले आफ्नो सन्तानलाई संस्कार विनै कार दियौं भने ऊ आफू पनि अकालमा मर्न सक्छ भने अरुको पनि अकालमा ज्यान लिन सक्छ । यसो भन्दै गर्दा कार दिनु गलत हो भन्ने खोजिएको पक्कै होइन । तर, सम्पति (पैसा) भन्दा पहिले संस्कार दिनु आवश्यक छ भन्ने विचार मेरो हो ।
संस्कार बिनाको मानिस सलेदो बिनाको टुकी बत्ति जस्तै हुन्छ । त्यसैले आफ्नो सन्तानलाई कार होइन संस्कार दिऊ यसमा नै सबैको भलो हुन्छ ।
(समाजसेवामा सक्रिय लेखक घिमिरे मन्थली नगरपालिका–४ सालु, रामेछापका स्थानीय हुन्)