रामेछापको मन्थली नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी सुमित्रा बर्खास्तमा

रामेछापको मन्थली नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी सुमित्रा बर्खास्तमा

रामेछापको मन्थली नगरपालिकाले वडा नम्बर ७ को भटौली स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ । स्वास्थ्य संस्थामा कार्यरत सिनियर अहेब सुमित्रा श्रेष्ठ गत असार ८ गतेदेखि कार्यालयमा अनुपस्थित भएपछि उनलाई बर्खास्त गरिएको मन्थली नगरपालिकाले जानकारी दिएको छ ।

अहेब श्रेष्ठलाई मन्थली नगरपालिकाले वडा नम्बर ७ को भटौली स्वास्थ्य केन्द्रमा खटाएको थियो । उनि गत असार ८ गतेदेखि स्वास्थ्य चौकीमा हाजिर नभएको नगरपालिकाले जनाएको छ ।

अहेब श्रेष्ठलाई नब्बे दिनभन्दा बढी अनुपस्थित भएपछि भदौ १३ गते स्पष्टिकरण माग गर्दै नगरपालिकाले पत्र काटेको थियो । कार्यालयले उनलाई सोबारे पत्र काटेर पठाएपनि कुनै जवाफ नआएपछि अहेब श्रेष्ठलाई जागिरबाट बर्खास्त गरिएको मन्थली नगरपालिकाले एक सूचना प्रकाशित गरी जानकारी गराएको छ ।

यस्तो छ सूचना : 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार