रामेछाप ओख्रेनीमा नाबालिका बलात्कारको आरोपमा बालक पक्राउ

रामेछाप ओख्रेनीमा नाबालिका बलात्कारको आरोपमा बालक पक्राउ

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ आख्रेनीमा नाबालिका बलात्कारको आरोपमा बालक पक्राउ परेका छन । ओख्रेनीकी एक ३ वर्षिय बालिका बलात्कारको आरोपमा १४ वर्षका बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

वडा नं ५ रामपुरका बालकले मामा घर ओख्रेनी आएको बेला बालिकालाई बलात्कार गरेको बताइएको छ । शनिबार बिहान बालिका बलात्कृत भएको प्रहरीमा उजुरी परे लगतै नाबालिकाको स्वास्थ्य परीक्षण गरि बालकलाई पनि पक्राउ गरिएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार नाबालिकाको अवस्था सामान्य रहेको छ । घटनाको बारेमा बालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार