कविताको शिर्षक – हामी नारी

कविताको शिर्षक – हामी नारी

दबाब,अभाव अनि पिँंडामा हामी नारी
चाहिन्छ हामिलाइ साथ सबैको बराबरी
जस्तो सुकै परिस्थितिलाई पनि सामना गर्न सक्ने
यो सृष्टिको रचना गर्ने हामी नारी ।

अनेकौं दुख अनि कष्ट सहने हामि नारी
छ हाम्रो यो समाजमा धेरै जिम्मेवारी
सुन्दर परिवार अनि समाज बनाउन
तन मनले लागिरहने हामी नारी ।

यो एक्काइसौं शताब्दीमा पनि पछि छौ हामी नारी
किन ठान्छ यो समाजले हामिलाइ भारी
दुर्गा,देवी अनि कालिको रुप हो नारी
त्यसैले त यो संसारमा नारी सबैभन्दा शक्तिशाली ।

✍️ राशी कार्की

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार