त्यागकाे एउटा संकथन-कवि नवीन गाउँले

त्यागकाे एउटा संकथन-कवि नवीन गाउँले

म एक्लाे थिए
निराशताकाे झुण्डमा
फेरि तिम्रो
रंगहीन सिउदाे चुमे

फगत झ्याउकीरीहरुसग
चिसाे चिसिएकाे सडकमा
लतारिएका समयकाे
मन्जिलहरुसग
तिर्खाएकाे हृदय बाेकेर
प्रभुत्वमा अाफैलाई जलाए

स्वप्न समयलाई भिरेर
निर्बश्त्रताकाे कुटिल तिम्रो
षड्यन्त्रहरुसग
माैन समर्थन गरिरहे
निराशताकाे त्याे झुण्डमा
फेरि तिम्राे उहीँ
रंगहीन सिउदाे चुमे

कुटिल जस्तै लाग्ने धुवाहरुमा
त्याे असभ्यहरुकाे सहर

खैर एकतमासले
शीतयुद्धहरु त भइरहेकै थियाे
नक्कली अस्तित्वहरुकाे
बिजाराेपण त भइरहेकै थियाे
बहुरुपि प्रदर्शनहरु त
प्रदर्शन भइरहेकै थियाे।

तथापी
चिसाे चिसिएकाे सडकमा
अालाे हृदय लिएर
फेरि तिम्रो उहीँ
रंगहिन सिउदाे चुमे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार