रामेछापको ग्रामिण सडकमा दुर्घटनाको जोखिम बढ्दै

रामेछापको ग्रामिण सडकमा दुर्घटनाको जोखिम बढ्दै

रामेछापका ग्रामिण सडकमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । साँघुरा कच्ची सडक, सवारी चालकको लापरवाही र सवारी साधनको अवस्था जाँच नगर्ने प्रवृत्तिका कारण दुर्घटनाको जोखिम बढ्दै गएको हो । ग्रामिण भेगका सडक मर्मतमा सम्बन्धित पक्षले ध्यान नदिएको एक जना सवारी चालकले बताउनुभयो ।

साँघुरा, धुलो र ठूला ढुङ्गाहरू तथा पहिरो खसिरहने खालको ग्रामिण सडकमा दुर्घटनाको जोखिम रहेको छ । सडक निर्माण गर्दा नै गुणस्तरीयतामा ध्यान नदिँदापनि दुर्घटनाको जोखिम बढ्दै गएको हो ।

बर्खाको समयमा बाढी, पहिरोका कारण अवरुद्ध हुने रामेछापको ग्रामिण सडकमा हिउँदमा धुलो र खाल्डाखुल्डीले झनै समस्या बनाउने गरेको छ । गाउँघरसम्म सवारी साधन चल्दा सर्वसाधरणलाई सहजता भएपनि गन्तव्यमा पु¥याउन भने कठिन हुने गरेको सवारी चालकहरुले बताउँदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार