रामेछापको लिखु तामाकोशी गाउँपालिकाको हिउँदे अधिवेशन आह्वान

रामेछापको लिखु तामाकोशी गाउँपालिकाको हिउँदे अधिवेशन आह्वान

रामेछापको लिखु तामाकोशी गाउँपालिकाले हिउँदे अधिवेशन आह्वान गरेको छ । पालिकाले दशौँ गाउँ सभा तथा हिउँदे अधिवेशन आह्वान गरेको प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारीले जानकारी दिनुभयो । हिउँदे अधिवेशनमा चालु आर्थिक वर्ष २०७९÷०८० को नीति, योजना कार्यक्रमहरू संशोधन र कानूनहरूको संशोधन बारे छलफल हुने बताइएको छ । आईतबार बिहान ११ बजे गाउँ सभा तथा हिउँदे अधिवेशन आह्वान गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार