रामेछापमा ढाकाको सामग्रीले बजार पाएन

रामेछापमा ढाकाको सामग्रीले बजार पाएन

रामेछापमा ढाकाको सामग्रीले बजार नपाएको व्यवसायिहरुले गुनासो गरेका छन । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएर जिल्लामा धेरै उद्योगले ढाकाका कपडा उत्पादन गर्ने गरेका छन् । हाते तानबाट ढाकाका कपडा बुन्न सुरु गरिएको रामेछापमा अहिले घरका कौशि, बार्दली, कोठासँगै भान्साघरमा समेत तान राखेर ढाका कपडा बुन्ने गरेको पाइन्छ ।

ढाका बुनाइमा संलग्न हुनेको सङ्ख्या बढे पनि व्यापार भने नबढेको ढाका कपडा उद्योगका सञ्चालक शेर बहादुर थापा मगरले बताउनुभयो । रामेछापमा ढाकाको टोपी, सारी, कुर्ता सरवाल, पछ्यौरा, चौबन्दी चोलो, रुमाल,स्काफ, टाई, पर्स, दौरा सुरुवाल कोट लगातयतका सामग्रीहरू उत्पादन हुन्छ । उत्पादन बढाउन र यसको ब्रान्डिङ र बजारिकणको लागि सरकारले गर्नुपर्ने सहयोग नपुगेको व्यवसायीहरू बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार