प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा रामेछापमा दिउँसो ३ बजेसम्म ४८ प्रतिशत मत खसेको छ।
जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर शाहका अनुसार दिउँसो ३ बजेसम्म ४८ प्रतिशत मतदान भएको हो । स्थानीय तहको चुनाबमा जस्तो मतदाताहरुमा यो चुनाबमा उत्साह देखिएको छैन ।
नेपालमै सबै भन्दा धेरै मतदाता रहेको निर्वाचन क्षेत्र रामेछाप हो । रामेछापमा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र ५ जना सहित २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभा क मा ११ जना र प्रदेशसभा ख मा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश क मा ८७ हजार ६३३ र प्रदेश ख मा ९२ हजार ४७३ जना गरी जिल्लामा एक लाख ८० हजार १०६ जना मतदाता रहेका छन् ।