रामेछापमा मतदान गर्ने तरिकाबारे मतदाता अलमलमा

रामेछापमा मतदान गर्ने तरिकाबारे मतदाता अलमलमा

रामेछापमा उम्मेदवारहरू मत माग्दै घरदैलो पुगिरहे पनि मतदाताले भने मतदान गर्ने सहि तरिका थाहा पाउन सकेका छैनन् । कतिपय पहिलो पटक मत हाल्न जाँदैछन् भने दोहो¥याएर मतदान गर्न लागेकाहरू पनि कसरी भोट दिने अन्यौलमा देखिएका छन् । यस पटकको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मत बदर हुन नदिन दिइनुपर्ने मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मतदाता अलमलमा परेका हुन् ।

आगामी निर्वाचनको लागि प्रत्येक मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा आफूले इच्छाएको निर्वाचन चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था आयोगले गरेको छ । प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न भएको मतपत्र र समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिह्न भएको मतपत्र रहनेछ । प्रदेश सभाका लागि पनि प्रत्यक्ष र समानुपातिक तर्फको मतपत्रको रङ प्रतिनिधि सभाको जस्तै हुनेछ ।

आयोगका अनुसार मतदान केन्द्रमा पुगेका मतदाताले सुरुमा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपत्र उपलब्ध पाउने छन् । प्रतिनिधि सभा तर्फको मतपत्रमा मतदान गरेर पट्याइ मतपेटिकामा हालिसकेपछि मात्रै पालैपालो प्रतिनिधि सभा तर्फको समानुपाति र प्रदेश तर्फको प्रत्यक्ष तथा समानुपातिक तर्फको मतपत्र मतदाताले पाउने छन् । तर उम्मेदवार तथा निर्वाचन आयोगका प्रतिनिधि कोही पनि यो जानकारी सहित मतदाता समक्ष पुगेका छैनन् ।४ वटा मतपत्र रहने र मत हाल्ने तरिका बारेमा मतदाता अन्यौलमा रहिरहँदा उम्मेदवार र राजनीतिक दलहरू पनि मौन छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार