रामेछापको गुन्डुखोलामा बस दुर्घटना, १३ जना घाइते

रामेछापको गुन्डुखोलामा बस दुर्घटना, १३ जना घाइते

रामेछापको खाँडादेवीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ४०४८ नम्बरको यात्रुवाहक बस आइतबार खाँडादेवी ३ भीरपानीको सित्खा नजिकै गुन्डुखोला भन्ने ठाउँमा दुर्घटनामा परेको छ । दुर्घटनामा १३ जना यात्रु घाइते भएका छन् ।

घाइतेहुनेहरुमा खाँडादेवी ७ पात्लेका अन्दाजी ३४ वर्षका युबराज तामाङ,वर्ष २९ का अजय तामाङ, वर्ष २७ का सुस्मिता तामाङ,वर्ष २३ का रस्मि तामाङ,बर्ष १८ की सपना तामाङ, वर्ष ३० का रमेश तामाङ,वर्ष २४ का बास्ना घिसिङ, वर्ष २४ का बिकाश तामाङ,बर्ष ३३ का श्याम लामा,बर्ष ४२ की रिता घिसिङ,खाँडादेवि ३ बस्ने बर्ष १५ की प्रेरणा श्रेष्ठ,खाँडादेवि ७ बस्ने बर्ष २८ की सुमित्रा कार्की र बर्ष २८ का धनराज तामाङ रहेका छन ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार ओरालो सडकमा गुडिरहेको बस घुम्ती काट्न नसकेर दुर्घटनामा परेको हो । दुर्घटनास्थलबाट घाइतेहरूको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । सामान्य घाइतेहरूको सित्खामा उपचार भइरहेको छ । बसमा अधिकांश यात्रुहरू दसैं मनाएर काठमाडौं फर्कँदै गरेका थिए । बसमा ३० जना यात्रु सवार थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार