एमाले रामेछापले टुंगो लगायो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार

एमाले रामेछापले टुंगो लगायो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार

नेकपा एमालले रामेछापबाट मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । एमालले प्रतिनिधिसभा सदस्य पदका लागि कैलाश प्रसाद ढुंगेललाई उम्मेदवार वनाउने भएको छ । यसैगरी प्रदेश सभा क मा एमालेका पूर्व जिल्ला अध्यक्ष तथा बाग्मती प्रदेश सांसद शान्ति प्रसाद पौडेल र प्रदेशसभा ख मा मिलन घिसिङलाई उम्मेदवार वनाएको छ ।

को हुन कैलाश प्रसाद ढुंगेल ?

एमाले रामेछापले प्रतिनिधि सभाका लागि उम्मेदवार वनाइएका ढुंगेल २०४८ साल पछि पटक पटक टिकट पाउने नेताको रुपमा पर्छन । तर उनले प्रतिनिधिसभामा पुग्ने सपना पुरा गर्न भने सकेका छैनन् । २०७४ मा बामगठवन्धनबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका ढुंगेल करिव साढे ३ बर्ष बाग्मती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए ।

प्रतिनिधि सभाका लागि एमालेमा रत्नप्रसाद गौतम र माधव ढुंगेल प्रतिस्पर्धि थिए । गौतमले यस अघी २०७४ कै निर्वाचनमा आफ्नो उम्मेदवारीलाई शसक्त रुपमा उभ्याएका थिए । गत बर्ष उम्मेदवार हुन नपाएको गौतमले यस पटक पनि मौका पाएनन् ।
एमालेका प्रभावशाली केन्द्रीय सदस्य तथा युवा परिषदका पूर्व उपाध्यक्ष माधव ढुंगेल यस पटक धस्सिएर टिकटको दावि गर्दै आएका थिए । नातामा आफन्त कैलाश ढुंगेलले टिकट पाएपछि उनले फेसबुकमा टिकटको दावि गरेपनि नपाएको र अव पार्टीले तोकेका उम्मेदवारलाई सघाउने उल्लेख गरेका छन् ।

को हुन शान्तिप्रसाद पौडेल ?

एमाले रामेछापले प्रदेश सभा तर्फ प्रदेश क मा शान्तिप्रसाद पौडेलले टिकट दोहो¥याएका छन् । एमालेका पूर्व जिल्ला अध्यक्ष समेत रहेका पौडेल यस अघी बाग्मती प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका थिए । एमालेमा गुट र फुटको फाईदा उठाउदै पौडेलले केहि दिन बाग्मती प्रदेश सरकारको पर्यटन, बन तथा बातावरण मन्त्री हात लाएका थिए ।

को हुन मिलन घिसिङ ?

एमाले रामेछापले प्रदेश सभा ख मा भने नयाँ उम्मेदवार वनाएको छ । दोरम्बा घर भएका मिलन घिसिङ गैरसरकारी क्षेत्रमा काम गर्दै आएका थिए । गैससमा काम सगैं एमालको जिल्ला स्तरको राजनीति गर्दै आएका घिसिङलाई जनजातीको भोट पाउने आशामा एमालेले उम्मेदवार वनाएको चर्चा पार्टीभित्र गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार