नवीन गाउँलेकाे बलशाली कबिता

नवीन गाउँलेकाे बलशाली कबिता

भित्ताहरुमा भाेग

भाेगहरुले
मेराे हृदयकाे अात्मदहमा
सारङ्गीलेझै रेटिदिएपछि
कथित कबिहरुलेझै
कहाँ गाउन सक्छु म
कबिताकाे जुन राग

हाे मलाई थाहा छ
तिम्रो सौर्न्दर्य शास्त्रहरुकाे
तिम्रो गुलाबी शैलीहरुमा
मेराे जैविक कथाहथरुले
तिम्राे उपल्लाे बौद्धिकताहरुमा
अप्राकृतिक गठबन्धन?भैगाे
समर्पणका याेगहरु जाेड्न
कदापी नयाँ भाष्यहरु दिन सक्ने छैन
अाकर्षक शब्दहरुकाे बयानमा,

बिल्कुल तिम्रो उत्तरअाधुनिक हाे कि
पहिचान र मिथकहरुकाे लावालश्कर हाे
तिमीले मानेकाे अादिम सत्यलाई
मैले मान्नु पर्छ भन्ने छैन
तिम्राे सुरिलाे सामयिकीलाई
या उपल्लो बौद्धिकतालाई
ठाने ठानिदिनु रुखाे बाैद्धिकता
माने मानिदिनु धाेन्द्रो बिचार
म लेख्नेछु असमर्थताकाे(नाेट अफ् डिसेन्ट)
बरु लजास्पद अभिनयनै सही
मेराे कुरुप अनुहारमा टुक्रिएर
टुक्रिएर झरेकाे बिचारले
तिम्रा साैन्दर्यताहरुमा
तिम्रा शैलीहरुमा
तिम्रा चिन्तनहरुमा
बिम्बहरुकाे गुम्फनमा बाधेर
तिम्राे बयान गर्न असमर्थ छु

हरेक शताब्दी र इतिहासलाई
मेराे भाेगकाे बिकर्षणले
भाेगका भित्ताहरुमा
शब्दहरुमार्फत
अक्षरहरुमार्फत
कलाहरुमार्फत
शिल्पहरुमार्फत
लाटो पात्रको नियतिनै सही
प्रश्न चिन्ह खडा गरेर
अाफ्नाे समस्त कायरतालाई
परास्त गर्न
उत्तेजित भएर उभिएरकै हू

जुनले छाेडेर गएको छ मेराे भाेगलाई
रातले प्रहार गरेर गएको छ मेराे भाेगलाई
दिनले हिर्काएर गएको छ मेराे भाेगलाई
समस्त संवेदनहरुले हत्या गरेकाे छ मेराे भाेगलाई

हाे भाेगहरुले
मेराे हृदयकाे अात्मदहमा
सारङ्गीलेझै रेटिदिएपछि
कथित कबिहरुलेझै
कहाँ गाउन सक्छु म
कबिताकाे जुन राग ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार