रामेछाप नगरपालिकाले १ वर्षको अबधिमा उठायो ९६ लाख ४२ हजार राजश्व

रामेछाप नगरपालिकाले १ वर्षको अबधिमा उठायो ९६ लाख ४२ हजार राजश्व

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले १ वर्षको अबधिमा ९६ लाख ४२ हजार बढी राजश्व संकलन गरेको छ । नगरपालिकाले आर्थिक बर्ष २०७८ श्रावणदेखि २०७९ असारसम्मको अबधिमा ९६ लाख ४२ हजार ९ सय ७४ रुपैयाँ राजश्व संकलन गरेको हो । नगरपालिका कार्यालय तथा ९ वटै वडा कार्यालयहरुबाट विभिन्न शिर्षकमा उक्त संख्यामा राजश्व संकलन भएको नगरपालिकाका राजश्व शाखा प्रमुख हरिभगत श्रेष्ठले बताउनुभयो ।

नगरपालिकाले ७० लाख ४७ हजार १ सय ७६ रुपैयाँ राजश्व संकलन गर्दा ९ वटा वडाहरुमध्ये सबैभन्दा बढी राजश्व संकलन वडा नं ७ ले गरेको छ भने सबैभन्दा कम राजश्व वडा नं २ ले संकलन गरेको छ । वडा नं ७ ले ४ लाख ५१ हजार ७ सय ६२ रुपैयाँ राजश्व संकलन गर्दा वडा नं २ ले १ लाख ६० हजार ४ सय २० रुपैयाँ राजश्व संकलन गरेको हो । वडा नं १ ले २ लाख ४१ हजार ९ सय ५१ रुपैयाँ राजश्व संकलन गर्दा वडा नं ३ ले ३ लाख १३ हजार ८ सय ४४ रुपैयाँ राजश्व संकलन गरेको छ ।

वडा नं ४ ले ३ लाख ३० हजार ७ सय ७५ रुपैयाँ राजश्व संकलन गर्दा वडा नं ५ ले १ लाख ८२ हजार १२ रुपैयाँ राजश्व संकलन गरेको छ । वडा नं ६ ले ३ लाख २७ हजार २ सय ५५ रुपैयाँ राजश्व संकलन गर्दा वडा नं ८ ले ४ लाख १७ हजार २९ रुपैयाँ राजश्व संकलन गरेको छ । यसैगरी वडा नं ९ ले १ लाख ८६ हजार ५० रुपैयाँ राजश्व संकलन गरेको नगरपालिकाले जानकारी दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार