रिता माझीले किन छोडिन राप्रपा(प्रेस विज्ञप्ती) सहित

रिता माझीले किन छोडिन राप्रपा(प्रेस विज्ञप्ती) सहित

राष्ट्रिय प्रजातन्त्र पार्टीकी निर्वाचित केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सभा सदस्य रिता माझीले पार्टीको साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । आइतबार एक विज्ञप्ति जारी गरी माझीले पार्टीबाट राजीनामा दिएको बताउनुभएको हो । राप्रपाले अहिलेको आवश्यकता पूरा गर्न नसक्ने भएको कारण पदबाट राजीनामा दिएको उहाँको भनाइ छ । यति बेला मुलुकलाई बलियो राष्ट्रवादी शक्ति आवश्यक रहेको माझीले बताउनुभएको छ ।

माझीले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम अनुसार अहिले मुलुकले एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति खोजिरहेको छ, जो मन, वचन र कर्मले राष्ट्रवादी होस्, प्रजातन्त्रको संरक्षणमा क्रियाशील रहोस्, धर्म, संस्कृति र पहिचानको रक्षामा खडा होस्, आर्थिक विकास, सुशासन र समृद्धिको लक्ष्य प्राप्तिको दिशामा अघि बढोस’,।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार