नेपाल दलित मुक्ति मोर्चा रामेछाप नगरपालिका कार्यसमिति गठन

नेपाल दलित मुक्ति मोर्चा रामेछाप नगरपालिका कार्यसमिति गठन

नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा रामेछाप नगरपालिका कार्यसमिति गठन भएको छ । आज भएको प्रथम भेलाले हिरा बहादुर बिश्वकर्माको अध्यक्षतामा २५ सदस्य कार्यसमिति गठन गरेको हो ।

जसअनुसार उपाध्यक्षमा रामकृष्ण कटुवाल,तेज बहादुर बिक,गोमा नेपाली,सचिवमा दिनेश बिक,सहसचिवमा अशुन बिसुन्के,कोषाध्यक्षमा साने सार्केलाई चयन गरिएको माओवादी केन्द्र रामेछाप नगरपालिकाका नेता एवं दलित अधिकारकर्मी सरोज कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार यो कार्यसमितिले रामेछाप नगरपालिकामा रहेका दलितहरुको हक,हित र अधिकारको क्षेत्रमा काम गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार