अस्ट्रेलियाबाट फर्केको एक महिना नपुग्दै आत्महत्या

अस्ट्रेलियाबाट फर्केको एक महिना नपुग्दै आत्महत्या

अस्ट्रेलियाबाट फर्केको एक महिना नपुग्दै रामेछापका एक युवकले आत्महत्या गरेका छन । रामेछाप नगरपालिका वडा नं ७ पालेवनका वर्ष २५ का सरोज श्रेष्ठले बिहिबार दिउँसो घाँटीमा सलले पासो लगाएर आत्महत्या गरेका हुन । तिन वर्ष अघि अस्ट्रेलिया गएका उनी २२ दिन अघि मात्रै नेपाल फर्किएका थिए ।

अस्ट्रेलियामा रहँदै लागूपदार्थ दुव्र्यसनमा फसेका सरोजलाई उनका बुबा राजुमान श्रेष्टले घरबाटै खर्च पठाएर नेपाल झिकाएका थिए । नेपालमा सुधार गृहमा केहि दिन राखेपछि घरमा आएको ३ दिनमै उनले घरको छानोको ट्वाकलमा झुण्डीएर आत्महत्या गरेका हुन । उनले के कारणले आत्महत्या गरेका हुन भन्ने कुरा खुल्न नसकेको प्रहरी चौकी रामेछाप डाँडाले जनाएको छ ।

उनका बुबा राजुमान श्रेष्ठले उनलाई घरबारी बेचेर अस्ट्रेलिया पठाएका थिए । अस्ट्रेलिया गएदेखी छोराले एक रुपैयाँ पैसा पनि नपठाएको बरु उल्टै नेपालबाटै आफुले छोरालाई बेला बेला पैसा पठाईदिनु परेको राजुमान श्रेष्ठले ईरामेछापसँग बताउनुभयो । भएभरको सम्पतीसँगै छोराले पनि संसार छोड्दा श्रेष्ठ परिवार अहिले पीडामा डुबेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार