दोस्रो रामेछाप कप फुटबल प्रतियोगीता आयोजना हुँदै

दोस्रो रामेछाप कप फुटबल प्रतियोगीता आयोजना हुँदै

रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा ‘दोस्रो रामेछाप कप खुला पुरुष फुटबल प्रतियोगीता’ आयोजना हुने भएको छ ।

आयोजक दिपशिखा ब्वाइज युनाइटेड क्लबका अध्यक्ष आशिष कार्कीका अनुसार मन्थली नगरपालिका वडा नम्बर २ स्थित करम्बोट खेल मैदानमा असोज १० गतेदेखि १५ गतेसम्म प्रतियोगीता आयोजना हुनेछ । उहाँका अनुसार यो प्रतियोगीताको प्रायोजक मन्थली नगरपालिका छ ।

आयोजक क्लबका उपाध्यक्ष निकुन कार्कीले रामेछाप कप फुटबल प्रतियोगीता मन्थली नगरको मात्रै नभई रामेछाप जिल्लाकै प्रतिष्ठासँग जोडिएको बताएका छन् । उनका अनुसार प्रतियोगीतामा ५ जिल्लाका क्लबहरुले सहभागीता जनाउने अनुमान गरिएको छ ।

रामेछाप कपको विजेताले उपाधी सहित ३ लाख ३ हजार नगद पुरस्कार पाउनेछ भने उपविजेताले २ लाख २ हजार नगद पुरस्कार पाउनेछ । तृतीय हुने क्लबले १ लाख १ हजार नगद पुरस्कार पाउँदा सान्त्वना स्थान हासिल गर्ने क्लबले नगद २५ हजार पाउने छ ।

व्यक्तिगत विद्यातर्फ विभिन्न शिर्षकमा उत्कृष्ट खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको क्लबका सचिव किशोर थापाले जानकारी दिनुभयो ।

प्रतियोगिता राष्ट्रिय स्तरकै हुने र सहभागी क्लबहरुमा राष्ट्रिय स्तरकै चर्चित खेलाडीहरूको सहभागीता रहने बताईएको छ ।

पछिल्लो २ वर्ष कोरोना माहामारीका कारण हुन नसकेको रामेछाप कप यस पटक दशैँको सम्मुखमा आयोजना हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार