प्रधानमन्त्री देउवा नेतृत्व सरकारको एक वर्ष पूरा, वर्ष दिनका ४३ मुख्य कामको विवरण सार्वजनिक

प्रधानमन्त्री देउवा नेतृत्व सरकारको एक वर्ष पूरा, वर्ष दिनका ४३ मुख्य कामको विवरण सार्वजनिक

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले आफ्नो वर्षदिनको कामको समीक्षा सार्वजनिक गरेको छ । देउवा नेतृत्वमा सरकार बनेको आज १ वर्ष पूरा भएको छ ।सर्वोच्च अदालतले गत वर्ष असार २८ गते संसद विघटन बदर गर्दै २४ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।त्यसको दोस्रो दिन अर्थात् २०७८ असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।

यसैबीचमा देउवा सरकारले एकवर्षमा गरेका ४३ कामहरू सार्वजनिक गरेको हो ।जसमा पूर्ववर्ती सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल भएको, स्थानीय तहको निर्वाचन तोकिएको समयमा शान्तिपूर्ण रुपमा सम्पन्न गरेको विषय समावेश गरिएको छ ।

यस्तै कोभिड–१९ को प्रकोपबाट जोगाउन सरकारको पहिलो प्राथमिकतासहित खोप लगाउन योग्य सबै नागरिकलाई पूर्ण खोप दिलाउन सफल, कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न विशेष प्याकेज सार्वजनिक गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सफल, राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति अवलम्बनदेखि लिएर सङ्कटग्रस्त उद्योगधन्दा, पर्यटन व्यवसाय, सञ्चार, यातायात जस्ता क्षेत्र र श्रमजीवी, विपन्न, बेराजगारलगायतको उत्थानका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था, क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता प्रदान गर्ने निर्णयसम्मका कुराहरू उल्लेख छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार