मंगलबार दुर्घटना भएको बस सोमबार पनि बिग्रिएको थियो

१३ जनाले ज्यान गुमाए

मंगलबार दुर्घटना भएको बस सोमबार पनि बिग्रिएको थियो

१३ जनाले ज्यान गुमाए

रामेछापबाट काठमाण्डौका लागि छुटेको बस दुर्घटना हुँँदा ज्यान गुमाउनेको सङ्ख्या १३ जना पुगेको छ । नौ जनाको घटनास्थलमा र चार जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

मंगलबार बिहान करिव १० बजेको समयमा बा ३ ख ८३९६ नम्बरको बस रामेछापको सुनापती गाउँपालिका ५ र खाँडादेवी गाउँपालिका १ को सिमानामा सडकबाट करिव ३०÷३५ फिट तल खसेर दुर्घटना भएको थियो ।

बस दुर्घटना हुनुको कारण नखुले पनि ब्रेक फेल भएर बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । मंगलबार दुर्घटना भएको गाडी सोमबार पनि ब्रेक फेल भएर विभिन्न समस्या देखिएको थियो । राम्रोसँग मर्मत नभएको बस पुन चलाउँदा दुर्घटना भएको हो ।

१३ जनाले ज्यान गुमाए

ज्यान गुमाउने  १३ जनाकै परिचय खुलेको छ । मृत्यू हुनेमा सुनापति गाउँपालिका ५ रामेछापका बर्ष ६० को ठुला तामाङ, बर्ष ३६ की सन्जु आलेमगर, बर्ष ३६ को खड्क बहादुर वि. क, बर्ष २२ की विपना तामाङ, वर्ष २४ को बुद्ध तामाङ्ग, ४५ वर्षको राम बहादुर श्रेष्ठ, वर्ष ६० को नेमा तामाङ्ग र सुनापति गाउँपालिका ४ की बर्ष २६ की समरिता तामाङ, पाँचखाल नगरपालिका ८ काभ्रेका बर्ष १८ को सुदीप गजमेर, मन्डनदेउपुर ९ काभ्रेका बर्ष ६० की शुभलक्ष्मी मानन्धर र रोसी गा.पा.–४ बस्ने बर्ष– २७ को कमल तामाङ, पाँचखाल नगरपालिका ८ काभ्रेका बर्ष –४० को कुलबहादुर विक र सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका ९ को वर्ष ३६ को धनमाया तामाङ्गको दुर्घटनामा ज्यान गएको हो ।

दुर्घटनामा घाइते भएकाहरु मध्ये १६ जनाको धुलिखेल अस्पतालमा, २ जनाको केएमसि अस्पतालमा र ३ जनाको विएण्ड वि अस्पतालमा उपचार भइरहेको रामेछापका जिल्ला प्रहरी कार्यालय रामेछाप जानकारी दिएको छ ।

दुर्घटनामा परि ६ वटा खसिबोका समेत मरेको जिल्ला प्रहरीले कार्यालय रामेछापले जानकारी दिएको छ । वसका चालक दोलखा जिल्ला सैलुङ्ग गाउँपालिका वडा नं. १ का वर्ष ३४ प्रेम घतानी सामान्य घाईते भएको र अहिले जिल्ला प्रहरी कार्यालय रामेछापको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार