ग्लोवल आइएमई लघुवित्तद्धारा पुर्ण रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई खाद्यान्न सहयोग

ग्लोवल आइएमई लघुवित्तद्धारा पुर्ण रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई खाद्यान्न सहयोग

ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड रामेछाप शाखाले रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा न.८ मा रहेका पुर्ण रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेको छ । सोमबार(आज) वडा कार्यालयमा एक कार्यक्रम गरि संस्थाले यहाँका १५ जना पुर्ण रुपमा अपाङ्गता भएका व्यक्ति तथा उहाँहरुको परिवारहरुलाई खाद्यान्न सहयोग गरिएको ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड रामेछाप शाखाका प्रमुख बद्रि सुवेदीले जानकारी दिनुभयो ।

संस्थाले प्रति परिवार एक बोरा चामल,एक लिटर खाने तेल,लुगा धुने साबुन ६ वटा,नुहाउने साबुन ३ वटा र आधा केजी जिरा वितरण गरिएको शाखा प्रमुख सुवेदीले बताउनुभयो । वडा नं ८ का वडा अध्यक्ष सन्तोष तामाङ्गको उपस्थितीमा संस्थाका अनुगमन अधिकृत रोशन पाठकले सहयोग गरिएको सामानहरु हस्तान्तरण गर्नुभएको हो ।

समाजिक उत्तरदायित्व अन्तर्गत वर्षाको समयमा अपाङ्ग तथा उहाँहरुको परिवारहरुलाइ खाद्यान्नको लागी थोरै भएपनि राहत होस् भन्ने भावनाले सहयोग गरिएको संस्थाका शाखा प्रमुख सुवेदीले बताउनुभयो । खाद्यान्न सहयोग कार्यक्रममा संस्थाका कर्मचारीहरु विवेकराज कार्की,सरोज श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड रामेछाप शाखाले आफ्ना सदस्यहरुलाई पर्न आउने भबितव्य घटनामा समेत सहयोग गर्दै आईरहेको छ । रामेछाप नगरपालिका वडा न.७ रजयछापका आगलागि पिडित संस्थाका सदस्यहरु चन्द्र कुमारी मगर,सरस्वति श्रेष्ठ,अमृतामायाँ मगर र लालमायाँ श्रेष्ठ लाई प्रति सदस्य पाँच हजारका दरले आर्थिक सहयोग समेत गरेको थियो ।

२०७१ सालमा स्थापना भएको ग्लोवल आइएमई लघुवित्त रामेछाप शाखाले एक हजार ६ सय २७ जनालाई बचत सेवा दिनुका साथै ७ सय ७८ जना सदस्यलाइ कर्जा प्रवाह गरिरहेको छ । रामेछाप शाखाले हाल सम्म ४ करोड ९६ लाख ९९ हजार ४ सय ९७ रुपैंया बचत संकलन गरि ७ करोड ७४ लाख १० हजार ४ सय १९ रुपैंया कर्जा प्रवाह गरेको छ । ग्लोवलआइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभर १ सय १९ शाखा कार्यालयहरु मार्फत गरिव तथा विपन्न समुदायलाई लघुवित्त मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार