रामेछाप कारागारका १२१ जना कैदी बन्दीको निःशुल्क आँखा परीक्षण

रामेछाप कारागारका १२१ जना कैदी बन्दीको निःशुल्क आँखा परीक्षण

रामेछाप कारागारका १२१ जना कैदी बन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ । कारागारमा रहेका कैदीबन्दी, कार्यरत कर्मचारी र कारागारको सुरक्षामा खटिएका सुरक्षाकर्मीको पनि निःशुल्क आँखा परीक्षण हो ।

यहि असार १४ र १५ गते गरिएको परीक्षणमा कैदी बन्दीको आँखा चिलाउने, आँखा पाक्ने, मोतियाबिन्दु, जलबिन्दु र आँखामा मासु पलाउने जस्ता समस्या देखिएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, जिल्ला सामुदायिक आँखा केन्द्र मन्थली, कारागार कार्यालय रामेछाप र रामेछाप सहयोगी मनहरु (रासम) को संयुक्त आयोजनामा गरिएको आँखा परीक्षणका लागि आवश्यक सहयोग हिमालयन मोतियाबिन्दु प्रोजेक्टले गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार